Wednesday, May 8, 2013

इराकमा बम विष्फोटमा, तीनको मृत्यु ५३ घाइते

२५ वैशाख,
           इराकको किर्कुक शहरमा बुधवार भएका दुईवटा आत्मघाती आक्रमण र एउटा कार बम विस्फोटमा परि तीन जनाको ज्यान गएको छ भने ५३ जना घाइते भएका छन् । राजधानी बग्दाददेखि २ सय ५० किलोमिटर उत्तरमा पर्ने किर्कुक सहरमा अवस्थित कुर्दिस सुरक्षाबलको शिविरलाई लक्ष्यगरी आक्रमण गर्दा कम्तीमा तीन जनको मृत्यु भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरू धेरै कुर्दिस सुरक्षा गार्डहरू रहेका बताइएको छ ।
           घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको प्रहरी जनाएको छ इराकमा हालैका दिनहरुमा आक्रमणका घटनामा निकै बृद्धि भएको छ । यसअघि गतहप्ता भएको आक्रमणमा परी एक सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light