Sunday, May 12, 2013

इरानी सुरक्षाकर्मीद्वारा गोली हानी १० अफगानीको हत्या


बैशाख २९ ,

         इरानी सुरक्षाकर्मीले १० जना आप्रवासी अफगानीको हत्या गरेका छन् ।अवैध तरिकाले इरान प्रवेश गर्न खोजेको भन्दै सीमा सुरक्षा बलले उनीहरुमाथि गोली हानेको अफगान अधिकारीले जनाएका छन् ।दुई सय जनाको समूहमा सीमा पार गर्न खोजेका अफगानीलाई नियन्त्रणमा लिन सीमा सुरक्षा बलले गोली प्रहार गरेको हो ।अफगानिस्तानमा सन् २००१ पछि सुरु भएको द्वन्द्व र कमजोर आर्थिक अवस्थाका कारण हजारौं नागरिक अवैध रुपमा इरान प्रवेश गर्ने गरेका छन् ।इरानमा अहिले झण्डै २४ लाख अवैधानिक अफगानी बसोबास गर्दै आएका छन् ।


- एजेन्सीको सहयोगमा

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light