Tuesday, May 7, 2013

बेरोजगाहरुको आन्दोलन रोजगार प्राप्तीका लागी

सुर्खेत २५  गते
बेरोजगार युवा संघ नेपालले भोली वुधवार देखि अनिश्चितकालिन चक्काजामको आह्वान गरेको छ ।पटक–पटक लड्यौ अरुका लागि, एक पटक लडौ रोजगारीका लागि’ भन्ने नाराका साथ चक्काजामको आह्वान गरिएको हो । शक्तिशाली बेरोजगार युवा आयोग गठन गरि शैक्षिक, अर्धशैक्षिक, खेलाडी र कलाकार सम्पूर्ण बेरोजगार युवाहरुको तथ्याङ्क सार्वजनिक गर, न्यूनतम १५० दिनको रोजगार वा सो बराबरको बेरोजगार भत्ता तुरुन्त सुरुवात गर्न र ३ सय ६५ दिनकै योग्यता अनुसार रोजगारीको ग्यारेन्टीका लागि समय अवधि र रोजगारी क्षेत्र ठोस गर्ने लगायतका माग राख्दै चक्काजामको आह्वान गरिएको बेरोजगार युवा संघ नेपालका केन्द्रिय सदस्य दिपक सुनारले बताउनुभयो । 
                भोलीदेखी आह्वान गरिएको चक्काजाम पूर्वपश्चिम महेन्द्र राजमार्ग र चितवन देखि नागढुंगा सम्मको पृथ्वी राजमार्गमा गरिने भएको छ । नेपालमा पटक–पटक राजनैतिक परिवर्तन भएपनि युवाहरुको बेरोजगारी समस्या यथावत रहदा अरबको तातो खाडीमा दैनिक १४ घण्टा काम गर्न बाध्य भएको उहाको भनाई छ । बर्तमान समयमा नेपालमा रहेका १ करोड १३ लाख युवा रोजगारीका लागि विदेशीने समस्या रहेको छ । यो समस्या सरकारले तत्काल समाधान गर्नमा बाध्य पार्न चक्काजामको आह्वान गरिएको बताईएको छ ।संघको नेतृत्वमा समस्यालाई समाधान गर्न नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री लगायत मन्त्री परिषदका अध्यक्षलाई समेत ज्ञापन पत्र बुझाइसक्दा पनि बेरोजगारलाई रोजगारी दिलाउन कुनै पहल नभएकाले चक्काजामको आह्वान गरिएको होे ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light