Thursday, May 30, 2013

स्ववियु निर्वाचन स्थगित

स्ववियु निर्वाचन स्थगित
   १६ जेठ,
 आउँदो जेठ २३ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । निर्वाचन नजिकिदै जाँदा विद्यार्थी संगठनहरु बिच विद्यार्थी भर्नालाई लिएर विवाद बढ्दै पछि निर्वाचन स्थगित भएको हो ।  विवाद समाधानका कलागि आज त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनसँग छलफल गरेको थियो । तर बैठकमा सहमति नभएपछि निर्वाचनको मिति सार्न सबै विद्यार्थी संगठन एकमत भएको एमाले निकट अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले जानकारी दिए ।
           एमाओवादी र वैद्य नेतृत्वको माओवादीका दुई क्रान्तिकारी बिच विवाद भएपछि केहि दिन यता देशका धेरै क्याम्पस बन्द छन् । ति क्याम्पसमा दुवै संगठनको ताला लागेको छ । एमाओवादी निकटको क्रान्तिकारीले फर्जी विद्यार्थी भर्ना गरेको भन्दै अर्को क्रान्तिकारीले क्याम्पसमा ताला लगाएको थियो । पछि बन्द क्याम्पस खोल्नुपर्ने भन्दै एमाओवादीको विद्यार्थी संगठन पनि तालाबन्दीमा उत्रिए पछि निर्वाचननै स्थगित भएको हो ।
          “विवाद समाधानका लागि विद्यार्थी संगठनहरुको सहमति नभएपछि निर्वाचन स्थगित गर्न सबैको एकमत भयो” उनले भने “नयाँ मिति विद्यार्थी संगठन बिचको सहमति भैसकेपछि घोषणा गर्ने सहमति भएको छ ।”

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light