त्यसैगरी हेयर कटिङ, सेविङ क्रिम, स्प्रे तथा श्याम्पु आदि गरेर कम्तीमा महिनामा २ हजार रुपैयाँ खर्च हुने बताउँछन् काठमाडौं मध्यबाने श्वरका ३१ वर्षीय सन्तोष थापा। नेचुरल स्किन राम्रो भएको तथा फेसमा केही कस्मेटिक प्रयोग गर्न नरुचाउने थापा हेयर टि्रटमेन्ट, प्रोडक्ट चाहिँ खरिद गर्छन्। साथीभाइ तथा बदलिँदो सहरी जीवनमा एडजस्ट हुन पनि महिलाले मात्र नभै पुरुषले पनि उत्तिकै कस्मेटिक प्रयोग गरी फिट तथा गुडलुक्स देखिनु आवश्यक मान्छन् सन्तोष थापा।
व्यक्तिको पहिलो प्रभाव बाहिरी आवरणबाट गरिने भएकैले होला, कस्मेटिक्समा खर्च गर्न कन्जुस्याइँ नगर्ने धेरै छन्। त्यस्तै उपभोक्ताको भिडमा छन्- भर्खरै एसएलसी दिएका १७ वर्षीय किशोर आइतहाङ लिम्बू। फेसवास, क्लिन्जिङ, श्याम्पु, बडी स्प्रे, मोइश्चराइजर आदि गरेर एक महिनाको कम्तीमा १ हजार सम्म खर्च गर्छन् १७ वर्षीय लिम्बू। फेस ओइली भएकाले फेसवास आफ्ना लागि अति आवश्यक वस्तु मान्छन् उनी। पकेट मनीका निम्ती स्कूल छुट्टीको समय सेल्स एन्ड मार्केटिङमा हिँड्ने आइतहाङ कस्मेटिक्सको खर्चलाई अनावश्यक मान्दैनन्।
आवश्यकता, रहर तथा संग्रह गर्ने नेचर आदिनै सौन्दर्य प्रसाधन खरिद गर्ने प्रमुख कारण हुन्। खरिद गर्ने भन्दैमा जे पायो, त्यही खरिद गरी प्रयोेग गर्नाले छालालाई दीर्घकालीन असर पुर्याउन सक्छ। त्यसैले गुणस्तरीय प्रसाधन छनौट गर्नुपर्छ। तथापि खर्चमा लोभ नगरी अन्तर्राष्ट्रिय ब्रान्डका शोरुममा खरिद गर्नाले जोखिमबाट बच्न सकिन्छ। पेशाले शिक्षिका २२ वर्षीया शारदा श्रेष्ठ सधैं ब्रान्डेड कस्मेटिक खरिद गर्छिन्। महिनामा ५ हजारको भन्दा बढी कस्मेटिक खरिद गर्ने शारदा सस्तो प्रसाधन लिएर रिस्क लिन चाहँदिनन्। ओरीफ्लेम तथा गार्नियर बढी प्रयोग गर्ने शारदा मेकअपका प्रसाधनलाई आजको आवश्यकता तथा फेसन दुवै मान्छिन्। समयअनुसार चल्न सकिएन भने पछाडि परिन्छ। बढ्दो ग्ल्यामरस संसार, सूचना तथा वस्तुमाथि सहँज पहुच तथा बहुराष्ट्रिय सौन्दर्य प्रसाधनको बढ्दो दबदबाबाट कोही अछुतो रहन सक्दैनन्। पर्सनल गु्रमिङ तथा गुड लुकिङका निम्ति मेकअपका यी सामान सहयोगी हातहरू हुन्।
Post a Comment