Friday, September 28, 2012

सीता एयरको विमान दुर्घटना, १९ यात्रुको निधन


 आश्विन १२ - 
काठमाडौंबाट सोलुको लुक्लाका लागि उडेको सीता एयरको 9N AHA डोर्नियर विमान त्रिभुवन विमानस्थलबाट उडे लगत्तै दुर्घटना भएको छ । विमानमा सवार सबै १९ जनाको निधन भएको छ । बिहान ६ बजेर १७ मिनेटमा उडेको विमान ६ बजरे १८ मिनेटमा विमानस्थल नजिकै लोकन्थली मनहरा खोला छेउमा दुर्घटना भएको हो । विमानमा आकाशमै आगो लागेको प्रत्यक्षदर्शीले बताएको छ । विमानमा रहेका १९ जना सबैको निधन भएको छ । विमानमा ७ बेलायती, ५ चिनियाँ र ३ चालकदलसहित ७ जना नेपाली थिए ।
विमानको पछिल्लो भाग बाहेक सम्पूर्ण भाग जलेको छ । विमानका चालक विजय तन्डुकार थिए । दुर्घटनाको कारण खुल्न सकेको छैन । विमानमा केही खराबी भएर वा चरासंग ठोक्किएर दुर्घटना भएको हो बारे अनुसन्धान भइरहेको छ । चालक तन्डुकारले त्रिभुवन विमानस्थल टावर (एटिसी) संग कुरा गर्दै जहाज चरासंग ठोकिएर अनियन्त्रित भएको जानकारी दिएका थिए । यसबाहेक थप कुनै पनि कुरा हुन नपाउँदै विमान दुर्घटना भएको विमानस्थलका महाप्रबन्धक रतिशचन्द्र लाल सुमनले बताए ।
लुक्ला जान लागेको जहाज धावनमार्गको केन्द्रबाट झण्डै ५ सय मिटरको दुरीमा पुनः विमानस्थल फर्काउने क्रममा खसेको थियो । वरीपरि बस्ती भएकाले चालकले जहाजलाई कम क्षति हुनेगरी मनोहरा नदीमा अवतरण गर्ने प्रयास गरेको देखिएको सुमनले बताए । नजिकै सुकुम्बासी बस्ती र नदिवारी काठमाडौं वडा नम्बर ३५ मा पर्ने पाल्पाकोट बस्ती छ । विमानमा यात्रु बाहेक १ सय ५० किलो ब्यागेज थियो । घट्नाबारे बुझ्न दुर्घटनास्थमा बिहानैदेखि हजारौं सर्वसाधारणको ताँती लागेको छ । यो जहाजको दुर्घटनासंगै सीता एयरसंग अब २ वटा डोर्नियर मात्र बाँकी छ ।
मृत्यु हुने नेपालीको नाम
१‍‍‍. विजय तन्डुकार, चालक
२. ताकेसी थापा, सह चालक
३. रुजा शाक्य, विमान परिचारिका
४. यात्रु, नेपाली सेनाका अमलदार कुमार मगर
५. लाक्पा नोरु शेर्पा
६. के तामाङ्ग
७. डी राई
विदेशी पर्यटक हरुमा ब्रिटिस नागरिकहरुमा Eagle/r Mr, Davey/c Mr,kelly/v Mr,##/d Mr,Oakks/T Mr,Holding/s Mr,Ogden/D Mr परेका छन् त्यस्तै चाइनिज हरुमा Qian/Mingwu Mr,Wu/Lin Ms,Yang/Zhihua Ms Yang/ Chen Ms, Wu/hui Mr

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light