Wednesday, September 26, 2012

अब बलात्कारबाट बचाउँछ मोबाइल फोनले



       विभिन्न खालका यौन हिंसाको खतरामा रहेका महिलाहरुका लागि खुसीको समाचार आएको छ । वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसले महिलालाई बलात्कार लगायतका यौन हिंसाबाट बच्नका लागि सहयोग गर्नेछ । एक अमेरिकी कम्पनीले यस्तो प्रविधिको विकाश गरेको हो । मोबाइल फोनमा राखिने यो प्रविधिको सहायताले अब कुनै महिला यौन शोषणमा पर्न लागेमा पुलिस, उनका अभिभावक वा साथीसँगीले तत्काल सूचना पाउनेछन्, जसबाट उनीहरु तु…. घटनास्थलमा पुगी महिलाको अस्मिता रक्षा गर्न समर्थ हुनेछन् ।

      लाइफ लाइन रेस्पोन्स नाम दिइएको उक्त एप्स आइफोन तथा एन्ड्रोइडका स्मार्टफोनमा चलाउन सकिनेछ । सुरुमा अहिले अमेरिकामा मात्र संचालनमा रहेको यो प्रविधि छिटै विश्व बजारमा उपलब्ध गराउने लक्ष्य कम्पनीको छ ।
समाचार अनुसार जसको मोबाइलमा यो एप्स राखिने हो उनका आफन्तजन, साथीसँगी तथा प्रहरीको मोबाइल नम्बर र इमेल एड्रेस एप्समा इन्ट्री गरिन्छ । जब त्यो मोबाइल बोकेकी महिलाले आफुमाथि कुनै खतरा आइलाग्न लागेको चाल पाउँछिन् तब उक्त एप्स अन गरिहाल्नुपर्छ । त्यसो गर्ने बित्तिकै एप्समा इन्ट्री गरिएका सबै नम्बरमा खतरासूचक घण्टी बज्छ । घण्टीसँगै ती महिलाको मोबाइल नम्बर तथा स्थानको जानकारी समेत आउँछ । आफ्नो मोबाइलमा खतरासूचक कल आउने बित्तिकै पुलिस, अभिभावक, तथा साथीसँगीले बुझ्नुपर्छ चेलीमाथि आपत् आइलाग्यो । अनि चेलीको अस्मिता जोगाउन र अपराधीलाई भगाउन तत्काल कुँदिहाल्नुपर्छ ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light