Sunday, May 12, 2013

गायिका इन्दिरा जोशीले के अस्विकार गरिन


               गायिका इन्दिरा जोशी र आस्था रावतले निर्माणाधिन नेपाली चलचित्र 'राहदानी' को आइटम गीत गाउन अस्विकार गरेका छन् ।गायिका जोशीले आफू मेलोडी गायिका भएकोले अबदेखि आइटम गीत नगाउने बताउँदै पन्छिइन् भने गायिका आस्था रावतले भने आमाले सो गीत नगाउन भनेपछि उक्त गीत नगाउने बताइन् ।गयिका जोशीले आइटम गीतले आफ्नो स्टाटसलाई समेत माइनस गरेको बताएकी छन् । उनले केही समय अघि प्रदर्शनमा आएको चलचित्र 'लक' को 'आँखा झिमिक्क माल सामान गायब' बोलको गीत गाएकोमा समेत पछुतो मानेको बताइएको छ ।
                त्यस्तै आस्था राउतले 'राहदानी' को आइटम गीतको शब्द घरमा लगेर आमालाई देखाएकी थिइन् । उनकी आमाले शब्द हेरेपछि आस्थालाई उक्त आइटम गीत गाउन रोक लगाएकी हुन् । उक्त आइटम गीतको शब्द केही अंश यस्तो छ :
गुन्यू चोली छोडेँ मैले मिनिस्कर्ट लाएँ
लोक दोहोरी गाउँदीन म डिस्कोतिर धाएँ
दही मोही छोडेँ मैले खान थालेँ डिनर
बाउ आमाकी कान्छी छोरी भए सबकी डियर
लोक दोहोरी छाडेर ईङ्लीस् गीत गाएँ
कानको मुन्द्रा खोलेर यी नाइटोतिर लाएँ....

गायिका जोशी र रावतले गाउन अस्विकार गरेपछि अर्की गायिका दुर्गा खरेलले यस गीतमा स्वर दिएकी छन् ।
- एजेन्सी  

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light