Wednesday, August 6, 2014

आँखा पाक्ने रोग र रोकथाम



के तपाइको आँखामा डिल सुनिने, चिलाउने र चिप्रा लाग्ने तथा आँखा रातो हुन समस्या देखिन थालेको छ ? त्यसो हो भने चिकित्सकलाई देखाइहाल्नुहोस् ।बढ्दो प्रदूषण र वर्षात्का कारण आँखा पाक्ने रोगबाट धेरै मानिस संक्रमित भइरहेका छन्।

आँखा पाक्ने रोग जुनसुकै समयमा पनि हुन सक्छ, तर वर्षात्को वेला र धुलो बढी हुने समयामा यो रोग धेरैलाई लाग्न सक्छ,भाइरस, ब्याक्टेरिया तथा एलर्जीका कारण हुने भएकाले यसको संक्रमण महामारीका रूपमा कुनै पनि समयमा फैलन सक्छ । त्यसकारण हामी १२ महिना सतर्क रहेर बस्नु पर्ने हुन्छ!
वर्षात्को समयमा तापक्रम बढी हुने र पानीको माध्यम बाट भाइरस तथा ब्याक्टेरियाको संक्रमण जताततै बढ्ने सम्भावना रहेकाले यो समयमा बढी सतर्कता अपनाउनु पर्छ ।

आँखा पाक्ने रोग लाग्नुभन्दा पहिला आँखा चिलाउन थाल्ने, आँसु
आइरहने र आँखा रातो हुने लक्षण देखापर्ने भएकाले यस्तो लक्षण देखा पर्ने बित्तिकै उपचार गरेमा एक सातामा निको हुने  चिकीत्सक हरुले जनाएका छन।



आँखामा यस्ता समस्या आउने बित्तिकै औषधि पसलमा गएर जथाभाबी औषधि हाल्न राम्रो हुदैन । 'आँखा रातो हुने, दुख्ने तथा चिप्रा लाग्ने गरेको छ भन्दैमा आँखा पाकेको भन्न मिल्दैन।
आँखामा विभिन्न समस्या भएर पनि यस्तो समस्या आउन सक्छ । यसका साथै आँखा विभिन्न कारणले पाक्ने भएकाले सबैमा एकैखालको औषधि काम नलाग्न सक्छ, 'ब्याक्टेरिया, भाइरस,एलर्जी तथा फङ्गसका कारणले आँखा पाक्ने हुँदा यिनीहरूको उपचारका लागि पनि छुट्टै औषधि चाहिन्छ, जुन औषधि पसलमा बस्नेलाई थाहा हुन्न र उनीहरूले सबैलाई एकैखालको औषधि दिने गर्छन् । जसका कारण आँखामा अझ ठूलो समस्या देखापर्न सक्छ । 

लामो समयसम्म कडा खालको औषधि लगाइरहेको छ वा उपचार नै गरेको छैन भने आँखाको ज्योतिसम्म गुम्न सक्छ ।'

आँखा पाक्ने कारण
आँखा पाक्ने समस्याका अनेक कारण छन् ।यही कारणले आँखा पाक्छ भन्ने छैन । तर पनि धुलो,धुवाँ, प्रदूषण, दूषित पानी तथा सरसफाइ कमीका कारण आँखा पाक्ने समस्या उत्पन्न हुने आँखा चिकित्सक हरुले बताएका  छन् । वर्षा याम सुरु भएलगत्तै आँखा पाक्ने रोगको संक्रमण बढी मात्रामा देखापर्ने गर्छ ।
आँखा पाक्नु भनेको आँखाको सबैभन्दा बाहिरी पत्र सुन्निनु, चिप्रा लागिरहनु, आँखा रातो हुनु हो ।
चिकित्सकहरूका अनुसार यो रोग भाइरस,ब्याक्टेरिया, फङ्गस, एलर्जीका कारणले लाग्ने गर्छ ।

यी बाहेक अरू कारण जस्तै आँखामा गलत औषधि प्रयोग, रासायनिक पदार्थसँगको संसर्ग,विषालु कीराको टोकाइ तथा सौन्दर्य प्रशाधन,अत्तर अन्य औषधिको साइड इफेक्टका कारण पनि आँखा पाक्ने समस्या हुने जनाएको छ।


आँखा चिकित्सक तथा आँखा बिशेषग्यका अनुसार भाइरस वा ब्याक्टेरियाबाट हुने यो रोग एकजनालाई हुनासाथ पूरा परिवारमा फैलिने सम्भावना अत्यधिक रहेको हुन्छ । त्यसकारण आँखा पाक्ने रोगबाट पीडित बिरामीले सार्वजनिक स्थल, भीडभाड, विद्यालय,कलेज तथा मानिसको जमघट भएको स्थानमा नजानु नै राम्रो हुन्छ । तर, एलर्जीबाट हुने संक्रमण भने एकबाट अर्कोमा सर्ने सम्भावना निकै कम रहेको हुन्छ ।
सामान्यतया नेपालमा हरपास, एडिरनो र हरपोसजोस्टर भाइरसका कारण आँखा पाक्ने बिरामी बढी रहेको  बताएका छन।

चिकित्सकका अनुसार ब्याक्टेरिया बाट हुने संक्रमणभन्दा भाइरस बाट हुने संक्रमण बढी खतरनाक हुने गर्छ । ब्याक्टेरियाका कारण हुने संक्रमणमा परेला धेरै सुन्निने, सुत्दा परेला टाँसिन्छ, आँखाबाट कचेरा वा पानी बढी आउने, आँखा रातो हुनेलगायत समस्या देखापर्छ भने भाइरसबाट हुने संक्रमणमा ज्वरो आउने, रुघाखोकी लाग्ने, ज्यादै पोल्ने, काँडाले खोचेजस्तै हुने, टाउको दुख्ने, प्रकाश सहन नसक्ने र आँखाको नानीमा सुजन हुने भएकाले तत्काल उपचार गराइ हाल्नुपर्छ । समयमै उपचार भएन भने नानीमा घाउ हुने तथा आँसु आइरहने र लामो समय सम्म पनि औषधि नगरेमा आँखाको ज्योति नै गुम्न सक्छ ।'



उपचार तथा रोकथाम 
आँखा पाक्ने रोग सरसफाइको कमी तथा प्रदूषण र दूषित पानीका कारण हुने भएकाले सबैले सरसफाइमा ध्यान दिन आवश्यक छ ।
विशेषगरी व्यक्तिगत सरसफाइमा बढी ध्यान दिने गरेमा पनि यो रोगबाट बच्न सकिन्छ । तर, वर्षात्को समयमा तथा गर्मी मौसममा वातावरण बढी प्रदूषित हुने र पिउने पानी दूषित हुने भएकाले यो समयमा स्वास्थ्यको बढी ख्याल गर्नुपर्छ ।


यो मौसममा यो रोग लाग्ने सम्भावना बढी हुने भएकाले बढी भन्दा बढी सफा पानीले मुख धुने गर्नुपर्छ। अरू समयमा बिहान-बेलुका सफा पानीले मुख धुने गरे पनि वर्षात्को मौसममा बारम्बार सफा पानीले मुख धुने गर्नुपर्छ,।
यो रोग लाग्नुभन्दा पहिल्यै सुरुसुरुमा आँखा बिझाउने त्यसपछि रातो हुन थाल्ने लक्षण देखापर्छन् भने कतिपयलाई आँसु आउने, कचेरा निस्किने,आँखाको कोस सुन्निने, उज्यालोमा हेर्न अप्ठ्यारो हुने र सामान्य ज्वरोसमेत आउने गर्छ । यस्तो लक्षण देखा पर्नासाथ चिकित्सकलाई देखाएर उपचार गरिहाल्नुपर्ने हुन्छ।


चिकित्सकहरूका अनुसार आँखा पाक्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्छ ।यो धेरै संक्रमित हुने भएकाले निकै छोटो समयमा एकबाट अर्कोमा सर्छ । त्यसकारण यो रोगबाट संक्रमित भएका व्यक्ति सार्वजनिक स्थलमा नजानु नै राम्रो हुने चिकित्सकहरुले जनाएका छन ।
आँखा पाकेको वेला सफा रुमाल प्रयोग गर्ने,कालो चस्मा लगाउने र आँखा मिच्नु नहुने भनिएको छ। यस्तै, संक्रमित व्यक्तिबाट अन्यमा रोग सर्न नदिन पटक-पटक साबुन-पानीले हात मुख धुनुपर्ने तथा संक्रमित व्यक्तिले उपयोग गर्ने सामानलगायत उसको सम्पर्कमा नआउनु नै बचाउको मुख्य उपाय भएको बताइएको छ।

आँखा पाक्ने रोगको उपचार रोगअनुसार फरक-फरक हुने गरेको चिकित्सकहरूले बताएका छन् । यदि एलर्जीका कारण यो रोग लागेको छ भने आँखालाई चिसो पुर्याउने वा नक्कली आँसु दिन सकिन्छ । बढी गम्भीर स्थितिमा भने 'नन स्टेराइड एन्टिइन्फलेमेन्ट्री' औषधि दिइन्छ । लामो समयसम्म एलर्जीका कारण यो संक्रमण भएमा 'टापिकल स्टेराइड ड्रप्स'समेत प्रयोग गर्नु पर्ने भनिएको छ ।

ब्याक्टेरियल संक्रमणमा एन्टिबायोटिक आइड्रप वा मलम लगाइन्छ भने भाइरल संक्रमणमा रोगको अवस्थाअनुसार उपचार गर्ने गरिन्छ । कुनै समयमा यसको संक्रमण कडा हुने भएकाले कसै कसैलाई अप्रेसन समेत गर्नुपर्ने हुन्छ ।

यस्तै अरु थप स्वास्थ्य सम्वन्धी जानकारिको लागि याँहा क्लिक गर्नुहोस स्वास्थ्य सम्वन्धी जानकारिहरु याँहा समाबेस गरिएको छ!

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light