आज मीती २०७१ साल साउन २२ बिहीबार,तदनुसार सन् २०१४ अगस्ट ७ तारिख, नेपाल संवत् ११३४,
==================================
मेष (चु, चे, चो, ला, लि, लु, ले,लो, अ):
==================================
मेष (चु, चे, चो, ला, लि, लु, ले,लो, अ):
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलाप बाट प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। विभिन्न अवसरले पछ्याउनेछन् । भाग्योन्नतिको समय छ।
==================================वृष (इ, उ, ए, ओ, वा, वि, वु,वे, वो):
विगतका समस्या बल्झिन सक्छन् ।सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ।सवारीमा समेत सावधानी अपनाउनुपर्ला।स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ।विद्यामा कमजोरी र लेनदेनमा विवाद होला।प्रयत्न गर्दा व्यावसायिक काममा लाभ होला।सहयोगीहरूको साथ पाइएला। इष्टदेवको पूजा– उपासनाले पनि फाइदा होला।
==================================मिथुन (का, कि, कु, घ, ङ, छ, के,को, हा):
व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । यात्राबाट लाभ हुनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ ।आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । उत्साहवद्र्धक समय छ ।आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ ।
==================================कर्कट(हि, हु, हे, हो, डा, डि,डु, डे, डो):
व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । प्रतिद्वन्द्वीहरू को चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ।
यात्रामा विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ।==================================
सिंह (मा, मि, मु, मे, मो, टा,टि, टु, टे):
दिन उत्साहपूर्ण रहला। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । सुखद समाचार सुन्न पाइनेछ। कामबाट फाइदाको योग छ। व्यापारमा अलि कम र कृषिमा बढी फाइदा होला । पशु–चौपायाबाट पनि राम्रो लाभ मिल्ने योग छ। पढाइ लेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।
==================================कन्या (टो, पा, पि, पु, ष, ण, ठ,पे, पो):
परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ।मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधन तथा राय–सुझावबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिन बाट पनि लाभ होला ।
==================================तुला(रा, रि, रु, रे, रो, ता,ति, तु, ते):
सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा लगानीको समय छ। केही चुनौती पनि सामना गर्नपर्ला ।नयाँ काममा हात हाल्ने बेला छ। प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान् । आम्दानी बढ्नेछ।
==================================वृश्चिक(तो, ना, नि, नु, ने,नो, या, यि, यु):
मान–सम्मान बढ्नेछ ।बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाईआकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्।विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ।
==================================धनु (ये, यो, भा, भि, भु,धा, फा, ढा, भे):
प्रतिष्ठित काम गर्ने मौका छ ।आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ।पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । स्वास्थ्यगत समस्या हट्नेछ। कामबाट फुर्सद मिल्नेछ।सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम पाइने योग छ।
==================================मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):
केही मात्रामा खर्च बढ्नेछ। तर, काममा लगानीको समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ।छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ।तापनि, प्रतिस्पर्धा गरेरै फाइदा उठाउन सकिनेछ। अनुकूल स्थानान्तरण र टाढाको फलदायी यात्रा सम्भावना छ वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ ।
==================================कुम्भ (गु, गे, गो, सा, सि,सु, से, सो, दा):
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने योग छ ।गरेका कामबाट राम्रै फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । समय उत्साहवद्र्धक रहला। तर, अरूको भरण–पोषणमा खर्च हुने र मालमत्ता हराउने समेत योग छ, सचेत रहनुहोला।
==================================मीन (दि, दु, थ, झ, ञ, दे, दो,चा, चि):
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।काममा मातापिताको सहयोग प्राप्त होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक कामको दायित्व बढ्नेछ ।भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।

Post a Comment