Wednesday, August 27, 2014

आजको पञ्चाङ्ग र राशिफल




आजको पञ्चाङ्ग
आज मिति २०७१ साल भाद्र १२ गते बुधबार, तदनुसार अगस्त २८ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ ।

चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको तृतीया तिथि ४४ घटि ४९ पला अर्थात रातिमा ११ बजेर ४० मिनेटसम्म त्यस उप्रान्त चतुर्थी तिथि लाग्नेछ ।

आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा कन्या राशिमा अहोरात्र रहनेछ । आज दिनमा ३१ घटि ५७ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४१ मिनेटमा रावण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर २७ मिनेटमा हुनेछ ।

आजको राशिफल 
मेष(चु,चे,चो,ला,लीक्ष,लु,ले,लो,अ)-
यशकीर्ति बढ्ने शत्रुमाथि विजयी हुने, अधुरा कार्य आज पूरा, पुराना मित्रसंग भेटघाटको अवसर मिल्नेछ ।
बृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो)-
साथी संगीहरुसँग कलह, पेट वा कम्मरको रोग लाग्ने, मनपरेको खानामा अवरोध आउनेछ, दिन खराब छ ।
मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)-
परिवारसँग विवाद पर्नेछ, व्यापारीक क्षेत्रमा मन्दी आउनाले नोक्सान बढ्न जानेछ, समय खराब छ ।
कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)-
आरोग्यता, प्रशन्नता, आर्थिक पक्ष सवल रहने, मिष्ठान्न भोजन प्राप्ति, नवीन कार्यको थालनी गर्दा राम्रो हुनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)-
एक्कासी आँखामा खराबी आउन सक्ने, धनमाल चोरी हुन सक्नेछ, आफूले गरेको कार्यमा बिरोधी बढ्नेछन् ।
कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो)-
स्वास्थ्य राम्रो रहनेछ, आदर सत्कार पाइने कार्यमा सरिक हुन पाइने, पारिवारिक सहयोग पाइने, प्रेम प्रसँग समधुर ।
तुला (र,रि,रु,रे,रो,ता,ति,तु,ते)-
आफन्तको टकरावले दिनभर तनाव, पेशाप्रति असन्तुष्टि, आम्दानीमा गिरावट, अनावश्यक झमेला थपिनेछ ।
 बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)-
स्वास्थ्यमा खरावी आउन सक्ने, समय विवादित रहनेछ, चोटपटकको भय, नकरात्मक सोचाइले आँफैलाई घाटा ।
धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)-
गरेका कार्य अधुरा हुनेछन, यात्रा तथा कार्यमा बाधा, आफ्नो बारेमा आफन्तलेनै कुरा काट्ने छन् ।
मकर (भो,ज,जि,खि,खु,खे,खो,गा,गि)-
यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ, स्त्रीवर्गसँग किचलो हुनेछ, गरेको कार्य अर्थहिन हुनेछ ।
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द)-
गरेको सबै कार्यमा बाधा हुने, मानसिक अशान्ति, यात्रामा कठिनाई हुने, चिन्तापर्ने समाचार प्राप्त हुनेछ ।
मिन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि)-
एक्कासी नयाँ वस्तु फेला पर्ने, उत्कृष्ठ सरकारी सम्मान पाउन सकिने, शैक्षिक क्षेत्रबाट उत्कृष्ट नतिजा हाँसील ।

आजको शुभ,लाभ र अमृत बेलाः
आज २०७१ साल भाद्र १२ गते बिहीबार बिहान ५:४१ बजेदेखि ७:११ बजेसम्म शुभ बेला, बिहानमा ७:११ बजेदेखि ८:४१ सम्म रोग बेला, बिहानमा ८:४१ बजेदेखि १०:११ बजेसम्म उद्वेग बेला, बिहानमा १०:११ बजेदेखि ११:४१ बजेसम्म चर बेला, बिहान ११:४१ बजेदेखि दिनमा १:११ बजेसम्म लाभ बेला, दिनमा १:११ बजेदेखि २:४१ बजेसम्म अमृत दिनमा २:४१ बजेदेखि ४:११ बजेसम्म काल साँझ ४:११ बजेदेखि ५:४१ बजेसम्म शुभ बेला रहनेछ । 

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

आजको साइतः
आज पूर्व दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

राहुकालको समयः
दिनमा १:३० बजेदेखि ३:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

ADVERTISE

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light