Wednesday, August 27, 2014

आँशु सँगै बग्यो तिजको खुसि

१२ भदौ, सुर्खेत । घरभरि छोरी-ज्वाइँ र नातिनातिना । बिहानदेखि दर खुवाउँदै ब्यस्त । बरु ऋण किन नलागोस्-लोकल कुखुराको मासु, खाने-पिउने ब्यवस्था ।साँझ ढल्किएपछि आँगनमा तीजको छुट्टै रौनक ।


विगतका यी तीज ६५ वर्षकी देवीसरा कामीका लागि अब सम्झनामा सीमित भएका छन् । चार छोरीकी आमा उनी तीजको बेला आफूलाई निकै सम्पन्न ठान्थिन् । बिहेवारी गरेर आ-आफ्नो घर गएका उनीहरु माइत फर्किदा घर भरिभराउ हुन्थ्यो । ‘अब त छोरीचेलीलाई डाकौं भने पनि घर छैन, केको तीज मान्नु !’ वीरेन्द्रनगरस्थित जनउमाविमा आश्रय लिएर बसेकी उनले भनिन्, ‘बुढेसकालमा आएर यसपटकको तीजले पाप बोकायो ।’ खोर्केखोलको सवै घरजग्ग्ा बाढीले बगाएपछि विस्थापित भएर बस्नु परेको  छ ।

दुईसाताअघिको बाढीले घरबारविहीन बनाएपछि देवीसराजस्ता थुप्रै महिलाको तीज खल्लो भएको छ । बुधवार विहान नेपाल रेडक्रस सोसाइटी वीरेन्द्रनगर उपशाखाले विस्थापित क्याम्पमा गएर दर खुवाउँदा उनीहरुले आफ्नो पीडा आँखामा रोक्न सकेनन्।

खोलाको ढिकमै बस्नुपरे पनि खगीसरा शाही तीजका बेला दुई छोरीलाई एकसरो नयाँ कपडा फेरिदिन्थिन् । स्कुले दुई छोरी शान्ति र बसन्ती नयाँ कपडा पाउँदा निकै फुर्किन्थे । आफू पनि तीजमा माइती जान्थिन् । यसपटकको तीज भने उनको जीवनमा निकै पीडादायी भएको छ । बाढीपहिरोले सुर्खेतमा ३५ जनाको ज्यान लिएको छ भने ९४ जना बेपत्ता छन् ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light