Tuesday, July 29, 2014

लुटिएको सुन प्रहरिको घरमा




१४ साउन, काठमाडौँ - करिब एक महिनाअघि काठमाडौंको कलंकीमा लुटिएको एक किलो सुन घुमुवा प्रहरीको कपिलवस्तुस्थित घरको शौचालयमा फेला परेको छ । 

DAILY  NEWS

सुन कारोबारीको दुई किलो सुन असार १७ गते कलंकीमा लुटिएको हो । त्यसमध्ये एक किलो सुन महानगरीय प्रहरी वृत्त कालिमाटीका घुमुवा प्रहरी भागिराम थारुको कपिलवस्तुको बुडेढी-१ स्थित शौचालयमा मंगलबार फेला परेको नागरिक दैनिकमा खबर छ । प्रहरी अधिकारीका अनुसार अवैध कारोबारमा सक्रिय एक व्यापारीलाई चारजनाको समूहले असार १७ गते कलंकीमा नियन्त्रण गरेका थिए । उक्त समूहले आफूहरु प्रहरी भएको जनाउँदै ती व्यापारीलाई नियन्त्रणमा लिएका थिए । प्रहरी भएको प्रमाणस्वरुप हत्कडी देखाएपछि व्यापारी भने सुन दिएर उम्किएका थिए । 

MORE VIDEO

सुन लिने समूहका चारजनामध्ये थारुमात्रै वास्तविक प्रहरी थिए। अन्य भने लुटेरा समूहका सदस्य हुन् । अवैध सुन लुटिएको र लुटमा प्रहरी समावेश भएको भन्ने सूचना अख्तियारमा पुगेपछि अख्तियारले प्रहरीलाई खबर गरेको थियो । सादा पोशाकमा कलंकीमा खटिएको प्रहरीले लुटेको भन्ने सूचनाका आधारमा गरेको अनुसन्धानका क्रममा थारुले लुटेको र घरको शौचालयमा लुकाएर राखेको बताएका थिए ।
-रासस

ENTERTAINMENT

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light