जीवनभर सुखदु:खमा साथ दिने बाचा गरेर वैवाहिक सम्बन्ध कायम राखेकी एक महिलाले आफ्नै परिवारबाट चरमयातना भोग्नुपरेको छ। आफ्नै पतिबाट यस्तो धोका होला भन्नेकल्पना समेत नगरेकी ती महिलालाई दाइजो कम भएको भन्दै चरमयातना दिइएको हो।
रमा (परिवर्तित नाम) ले विवाह बन्धनमा बाँधिएको एक महिनामै मरणासन्न हुने गरी यातना भोगेर अस्पताल भर्ना हुनुपर्यो।
विवाहको केही दिनदेखि नै दाइजो कमभएको बहानामा घरेलु हिंसा भोगेकी रमा अहिले अस्पतालको शय्यामा छिन् भने उनका पति सन्तोष उपाध्याय प्रहरी हिरासतमा छन्। हेटौंडा ९की रमा र हेटौंडा ८ का सन्तोष बीच २०७१ साल वैशाख १८ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो।
मानसिक तथा शारीरिक यातना दिँदैआएका पति, देवर सुमन र
पतिकी काकी भगवती देवीले आफूलाई गत शनिबारराति ९ बजे जबर्जस्ती नाम थाहा नभएको औषधि खुवाएको रमाले बताइन्।
ग्यास्टिकको औषधि हो, पेट दुखेको निको हुन्छ भन्दैपरिवारका सबै सदस्य मिलेर जबर्जस्ती खुवाएपछि रिँगटा लागेको उनले बताइन्।
रमाले आफन्तको सहयोगमा बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दायर गरेपछि घटना सार्वजनिक भएको हो।
प्रहरीमा दिएको उजुरीमा औषधि खुवाएपछि पतिलेयौनसम्पर्क राख्न खोजेको र बिरामी छु भन्दा पनि जबर्जस्ती गरेको पीडितले उल्लेख गरेकी छन्। ग्यास्टिकको औषधि भनेरदिइएको ट्याब्लेट ले लठ्ठाएपछि पति र देवरले पालैपालो जबर्जस्ती करणी गरेको रमाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ।
बलात्कारपछि अचेत अवस्थामा पतिले माइतीमा लगेर छाडिदिए को उनको निवेदनमा उल्लेख छ।
हिमराइट्स, नारी सीप सिर्जना केन्द्र,माइती नेपाललगायत संघ संस्थाले रमाको उद्धार गरेका हुन्।
माइती पक्षले घटनाका बारेमा मानवअधिकार तथा महिला अधिकार वादीलाई खबर गरेपछि घटना प्रहरीमा पुगेको हो।
उजुरीका आधारमा रमाका पति, देवर रकाकी तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक गणेश बहादुर एरले बताए।
पीडितले सामूहिक बलात्कार गरेको भन्दै कारबाहीको माग गरेर
उजुरी दर्ता गराएको जानकारी प्रहरी उपरीक्षकएरले दिए। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रासस,
मनोरञ्जनको लागी भिडियो हेर्न चाहानुहुन्छ भने तलको बक्समा क्लिक गर्नुहोस
मनोरञ्जनको लागी भिडियो हेर्न चाहानुहुन्छ भने तलको बक्समा क्लिक गर्नुहोस
'' Download |

Post a Comment