Saturday, June 7, 2014

आमाले बेचिन १० दिने बच्चा २१ हजारमा


भारतमा एक महिलाले आफ्नो नवजात छोरा १३०पाउण्ड अर्थात झण्डै २१ हजार नेपाली रुपैयामा बेचेकी छन्
३२ वर्षकी गौरी साह पश्चिमबंगालको जलपाइगुडीको रेलवे ट्राक
नजिकैको गाउँमा बस्छिन् । उनका तीन छोरी छन् ।

उनीहरुको उमेर ३ देखि ८ वर्षको छ । चौथो बच्चा हुनेभएपछि उनका पतीले उनलाई छाडे ।उनले हालै मात्र छोरा जन्मिइन् । तर,
गरीबीको कारण उनले १० दिनको छोरालाईसन्तान नभएको दम्पत्ति लाई झण्डै २१ हजारमा बेचेकी छन् ।

यद्यपि छिमेकीले विरोध गरेपछि स्थानीयप्रशासनले बच्चालाई उद्दार गरिएको छ । गौरीलेआफ्नो छोराले लिन अस्वीकार गरेपछि बच्चालाई बालगृहमा राखिएको छ ।उनको परिवारको आम्दानी भनेको ७० वर्षकी बुढी आमाले सडकमा मागेर ल्याउनेकेही रुपैयाँ मात्र हो । उनले भनेक छिन्-’आठ महिनाअघि पतीले तीन बच्चा सँगै मलाई छाडेर गए ।हामी आमाले मागेर ल्याउनेपैसाको भरमा बाँचेका छौं । उहाँले दिनमा १ सय भारुसम्म ल्याउनुहुन्छ । मसँग भएका बच्चा पाल्ने पैसा छैन । अर्कोलाई के गर्नु ?’

आफू अस्पतालबाट डिस्चार्ज भएपछि सन्ताननभएको एक दम्पती ले १३० पाउण्ड अर्थात झण्डै १३००भारुमा बच्चा दिन प्रस्ताव गरे को उनले बताइन् । उनले भनेकी छन्-’मसँग अर्को विकल्प थिएन

मलाई लाग्यो मेरो छोराले उनीहरुसँग राम्रोसँग बच्नपाउँछ ।’
उनले सरकारले सहयोग गरे आफूआफ्नो छोरा फिर्ता लिन तयार रहेको समेत बताएकी छन् । स्थानीय प्रशासनले भने छोरा लिने
नलिनेबारे निर्णय गर्न ६० दिनको म्याद दिएको छ ।
अन्यता बच्चालाई धर्मपुत्रका रुपमा सन्तान नभएका दम्पत्तिलाई दिने अधिकारीहरुले बताए !



''
Download

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light