कोईरालाले बुद्धको सन्देश गाउगाउमा पुर्याउनु पर्ने
आवश्यकता औल्याएका छन । २५५८ औं बुद्ध
जयन्ती तथा लुम्बिनी महोत्सवमा बोल्दै
प्रधानमन्त्री कोईरालाले आजको आवश्यकता युद्ध
हैन शान्तीको सन्देश फैलाउने बुद्ध रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले गौतम बुद्धले
दिएको सन्देश मात्र पालन गर्न सके नेपाल
बिश्वमा शान्तीका प्रेरणाका श्रोत गौतम बुद्ध
रहेकोले बिश्वले नै गौतम बुद्धलाई भगवान मानेर पुज्ने
गरेको बताए । बुद्धले देखाएकोे अहिंसा,
सत्यको बाटोमा लाग्न उनले सबैमा अनुरोध गरे ।
लुम्बिनीको बिकासमा नै समग्र नेपालको बिकास
रहेकोले लुम्बिनीको बिकासमा सरकारले कुनै कसर
बाकी नराख्ने बताए । अबको दिनमा नेपालमा एक
बर्षभित्र संविधानको साथै शान्ती, स्थायीत्व र
बिकासले फडको मार्ने प्रतिवद्धता ब्यक्त गरे ।
मुलुकमा कुनै प्रकारको द्धन्द्ध कसैले ल्याउन खोजे
त्यो कुनै पनि हालतमा सहन नसक्ने बताउदै गौतम
बुद्धले देखाएको शान्ती र
अहिंसाको बाटोमा लाग्न अनुरोध गरे ।
बर्मामा हालै भएको बिमेस्टेक
बैठकमा सहभागी राष्ट्रका राष्ट्राध्यक्षहरुले आफले
नेपालमा सहयोग गर्न तयार रहेको र
दाता राष्ट्रहरुको समेत पहिलो शर्त
मुलुकमा शान्ती र स्थायित्व हुनु पर्ने रहेको बताए ।
सोही कार्यक्रममा बोल्दै लुम्बिनी बिकाष
कोषका अध्यक्ष तथा नागरिक उड्डयन एवम पर्यटन
मन्त्री महेश आचार्यले बुद्ध धर्मले शान्ती र
अहिंसाको बाटोमा लाग्न प्रेरित गरेकोले अहिले
अन्य धर्मका अनुयायीहरु समेत बौद्ध धर्म
प्रति आकर्षित हुदै गएको दावी गरे ।
लुम्बिनी बिकाष कोषका उपाध्यक्ष
कर्मा स्याङ्गबो शेर्पाले
लुम्बिनी गुरुयोजना बिगतका दिनमा ढिला सुस्ती
भएको स्विकार गर्दै अब यसको बिकाशले
तिव्रता लिने बताए । गुरुयोजनाको बिकाश ८०
प्रतिशत पुरा भएको र बाकी काम पनि ३÷४ बर्ष
भित्र पुरा भैसक्ने उनले बताए । अहिले
लुम्बिनी बिकाशको लागी सरकारले पनि प्रर्याप्त
बजेट छुट्टयाएकोले बिकासको कामले तिव्रता लिने
उनले जनाए । यसै गरि नेपाल सरकारका मुख्य सचिव
लिलामणि पौडेलले बौद्ध धर्म प्रति पश्चिमा मुलुक
पनि आकर्षित हुदै गएको बताए । लुम्बिनी लाई
बौद्ध मार्गीहरुको तिर्थ स्थल
बनाउनका लागी बृहत्तर
बृहत्तर लुम्बिनी बिकाशको लागी कुदान
देखि रामग्राम सम्म लुम्बिनी शान्ती शहर बनाउने
अवधारणा सरकारले ल्याउनु पर्नेमा जोड दिए ।
लुम्बिनीलाई शान्ती शहर बनाउन सबै मिलेर लाग्नु
पर्ने उनले बताए ।
यसको लागी लुम्बिनी क्षेत्रमा जथाभावी रुपमा भै
रहेको निर्माण कार्यलाई रोक्नलाई बिकाष
कार्यक्रममा बोल्दै कोषका पूर्व अध्यक्ष दिप कुमार
उपाध्यायले लुम्बिनी, कपिलबस्तु, रामग्राम र
लुम्बिनी संग सम्बन्धित अन्य स्थानको समग्र
बिकाषमा जोड दिनु पर्ने बताए । २५५८ औं जन्म
जयन्तीमा चिनिया राजदुत वु चुङ वाङ र
कोरियाका राजदुत चु योङ जिङ, चिनिया बौद्ध
संघका चिन जोङ वोङ लगायत बिभिन्न देशका उच्च
पदका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मायादेवी मन्दिर देखि कार्यक्रम स्थल
लुम्बिनी अन्तराष्ट्रिय संग्रहालय केन्द्र सम्म रथ
यात्रा समेत गरिएको थियो ।
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस| '' Download |




Post a Comment