Wednesday, May 14, 2014

बलिउड अभीनेत्री रानि मुखर्जिको भाउ बढ्यो

काठमाडौ, जेष्ठ १ - 
भर्खरै मात्र निर्माता आदित्य चोपडासँग विवाह सम्बन्धगाँसेकी बलिउड अभिनेत्री रानी मुखर्जीको भाउ बढेको छ । भाउ बढेको उनको स्वभाव र व्यवहारमा नभई पेसामा हो । उनले आफ्नो अभिनयको रेटलाई पहिलेभन्दा दुगुना पारिदिएकी छन् । जबकि नायिकाहरूको विवाहपछि अफर नपाएर फुर्सदिला बन्ने गर्छन् । यस्तो अवस्थामा काम पाउनु मात्रै पनि उनीहरूका लागि ठूलो कुरा हुन्छ ।
पारिश्रमिकको कुरा त परको भयो । तर अनुमानविपरीत रानीले निर्मातालाई नै झट्का दिने निर्णय गरेकी छन् ।

विवाहपछि हालै एक रियल स्टेट कम्पनीले उनला ब्रान्ड एम्बेसडर बन्नका लागि प्रस्ताव गरेको थियो । जसका लागि उनले ६ करोड
भारुको डिमान्ड गरिदिइन् । जब कि यसैका लागि उनी विवाह पहिले तीन करोड भारुमै खेल्न सहमतजस्तै भइसकेकी थिइन् । आखिर उनले एकाएक दोब्बर भाउ बढाउनुपर्ने कारण के आयो ?
अचम्मित पार्ने कुरा यही बनेको छ । कतै उनले पारिश्रमिक बढाएर विस्तार फिल्मी अभिनयबाट टाढा हुन पो खोजेकी हुन्
कि ? यतिबेला भने उनी पति आदित्यकै निर्माण रहेको होम प्रोडक्सन फिल्म 'मर्दानी' मा व्यस्त छिन् । जुन फिल्ममा उनी पुलिस अफिसर्सको मुख्य भूमिका निर्वाह गरिरहेकी छन्।

लामो समयको अफेयर्सपछि केही साताअघि मात्र रानी र आदित्यले इटालीमा पारिवारि माहौलमा गुपचुपमा विवाह गरेका थिए ।

भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
भि
''
Download

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light