आज मिति २०७१ साल वैशाख ४ गते बिहीबार,
तदनुसार अप्रिल १७ सन् २०१४, श्रीशाके १९३६, नेपाल
संवत् ११३४,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
शत्रुमाथि विजय, घरमा नयाँ चहलपहल, धनलाभ हुनेछ,
सबै काममा राम्रो सफलता मिल्नेछ, समयको सदुपयोग
गर्नुहोला ।
~
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आरोग्यता, एक्कासि धनलाभ हुन सक्ने, इष्टत्रिसँग
भेटघाट हुनेछ, कार्यमा सफलता मिल्नेछ, दिन राम्रो
छ।
~
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफन्तसँग झगडा हुने, कार्यमा विध्नबाधा आइलाग्ने,
पेट वा कम्मर रोगले सताउने, चिन्ता पर्ने समाचार
सुन्नुपर्ला ।
~
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मानसिक पीडा थपिनेछ, प्रेममा विछोड हुन सक्नेछ,
आयश्रोत घट्ने, पारिवारिक झमेलाले
पेशाप्रति रुचि घट्नेछ ।
~
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विदेशबाट धन प्राप्ति हुने, सबै
प्रकारको कार्यमा सफलता मिल्नेछ, हर्ष र
खुशीका समाचार सुन्नुपर्ला, सहयोग पाइनेछ ।
~
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दाजु भाइमा मनमुटाव हुन सक्ने, धन हानिको योग
रहेको छ, अपजस आइ लाग्ने, मानसिक असन्तोष दिन
खराब छ ।
~
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
शत्रुमाथि विजय, घरमा नयाँ चहलपहल, धनलाभ, सबै
काममा सफलता, समयको सदुपयोग गर्नुहोला ।
~
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शोक पर्ने समाचार सुन्नुपर्ला, एक्कासी विवाद पर्ने,
नकारात्मक सोचाइले शत्रुबढ्ने जनताबाट
पनि नोक्सानी मात्रै हुनेछ ।
~
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
समाजमा झगडा बढ्नेछ, इज्जतमा आँच आउने, दिनभर मन
चञ्चल रहनेछ, पेट रोग लाग्ने सताउनेछ, सतर्क
रहनुहोला ।
~
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
यात्रा असफल, खानामा गडबढी हुन सक्ने, कार्य
अधुरा हरनेछन, छोराछोरीले सताउने, वायू
रोगको संक्रमण हुनेछ ।
~
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
गुमेको धन हातलाग्ने, पारिवारिक सहयोग पाइने, यश
कीर्ति बढ्ने, पढाइमा मनजाने दिन राम्रो छ समय शुभ
रहेको छ
~
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यापार व्यवसायमा घाटा, आफन्तले नै विरोध गर्ने,
काम अधुरा रहनेछन, स्वास्थ्य राम्रै
रहेपनि मनमा अशान्ति हुनेछ ।
Post a Comment