Posted by
Admin
on
4:21 PM
in
News
Sports
|
बैशाख २५ -

क्लव म्यानचेष्टर युनाइटेडका प्रशिक्षक सर एलेक्स फर्गुसनले क्लवको प्रशिक्षकबाट सन्याको घोषणा गरेका छन । प्रशिक्षकबाट सन्यास लिएका उनी निर्देशकका रुपमा क्लवमै रहने पक्का भएको छ । उनले यो सिजनपछि प्रशिक्षक छाड्ने घोषणा गरेका छन् । क्लव प्रशिक्षकबाट सन्यासको घोषणा गर्दै फर्गुसनले भने ‘सन्यासको घोषणालाई मैंले हल्का रुपमा लिएको छैन । यो जीवनकै सवैभन्दा महत्वपूर्ण क्षण हो र अहिले यो सही समय पनि हो ।’ आफ्नो कार्यकालमा क्लवले धेरै राम्रो गरेको भन्दै फर्गुसनले आफूले बनाएको यो बलियो जग तत्कालै नभत्कने विश्वास पनि व्यक्त गरे । उनले सहयोग र समर्थनका लागि क्लवका समर्थकहरुलाई पनि धन्यवाद भनेका छन् ।
सन् १९८६ अर्थात २७ वर्षदेखि क्लवको प्रशिक्षक रहेका ७१ वर्षिय फर्गुसनले प्रशिक्षकका रुपमा क्लवलाई ४९ वटा उपाधि जिताए । यस वर्षको इंग्लिस प्रिमियर लिगको उपाधि पनि फर्गुसनको क्लव म्यानचेष्टर युनाइटेडले जितिसकेको छ । १६ वर्षको उमेरमा क्वीन्स पार्क रेन्जर्सबाट इंग्लिस फुटबलमा डेब्यू गरेका उनी ३२ वर्षको उमेरमा सन् १९७४ मा प्रशिक्षक भएका थिए ।
Post a Comment