Wednesday, May 8, 2013

आज आमाको मुख हेर्ने

वैशाख २६ -
        आमालाई मीठा परिकार खुवाउनुका साथै विभिन्न सामग्री उपहार दिई छोराछोरीहरूले बिहीबार मुलुकभर 'आमाको मुख हेर्ने' पर्व मनाउँदै छन् ।नौ महिनासम्म गर्भमा राखी जन्म दिई स्याहार सुसार पालनपोषण गरी हुर्काउने आमाप्रति सम्मान प्रकट गर्न उनीहरूले यस पर्वलाई मातृ दिवसका रूपमा मनाउने गर्दछन् ।आमा जीवित नभएका छोराछोरीहरूले दिवंगत आमाको नाममा वज्राचार्य वा ब्राह्मण पुरोहितलाई सिदा, नसलाः र जलदान दिने गर्दछन् ।
          यस पर्वमा आमा जीवित नभएका छोराछोरीहरूले राजधानीदेखि दक्षिण थानकोटसँगै रहेको मातातीर्थमा आफ्नी दिवंगत आमाको स्मरण गर्दै श्राद्ध गर्नेहरूको भीड लाग्ने गर्दछ ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light