मुलुकभरका उद्योग बन्द गर्ने माओवादीको चेतावनी
मजदूरको न्यूनतम तलब १५ हजार बनाउनुपर्ने माग

१ जेठ,
नेकपा-माओवादी निकट अखिल नेपाल क्रान्तिकारी टे्रड यूनियन महासंघले मजदुरको न्यूनतम तलब १५ हजार रुपैयाँ नबनाए मुलुकभरका उद्योग कलकारखाना बन्द गर्ने चेतावनी दिएको छ । संगठनले ज्यालादारीमा काम गर्ने मजदुरलाई दैनिक ७ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने माग राखेको छ ।बुधबार राजधानीमा पत्रकार सम्मेलन गरि संगठनले गत चैत ११ गते बुझाएका २५ बुँदे माग पुरा गर्न एक साताको अल्टिमेटम दिएको छ । ‘सातदिन भित्रमा माग सम्बोधन नभएमा मुलुकभरका उद्योग कलकारखाना बन्द गरेर संघर्षमा उत्रिन्छौं’ महासंघका संयोजक रामदिप आचार्यले भन्नुभयो- ‘संगठनले जायज मागहरु राख्दा पनि सरकारले मागहरुप्रति उदासिनता देखायो ।’ संगठनले जेठ २ गतेदेखि ७ गतेसम्म प्रचार-प्रसार, भित्ते लेखन, अन्र्तक्रिया लगाएतका कार्यक्रमहरु गर्ने भएको छ भने ८ र ९ गते देशैभरीका सम्पूर्ण उद्योग, कलकारखाना र प्रतिष्ठानहरुमा संगठनले कालो झण्डा गाड्ने जनाएको छ ।
‘लाल मजदुर राष्ट्रिय जागरण अभियान’ देशव्यापी भव्य रुपमा चलिरहेको बताउँदै संगठनले अभियानलाई थप प्रभावकारी बनाउन जेठ महिनाभरि सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलो चरणको कार्यक्रमपछि पनि समस्याको समाधान नभएमा दोश्रो चरणको संघर्षमा उत्रिने चेतावनी दिएको छ ।
onlinekhabar

Post a Comment