न्यायाधीश बमको हत्यामा गच्छदारको संलग्नता
सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्यामा तत्कालिन सरकारका गृहमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारको संलग्नता रहेको प्रमाणहरु फेला परेको छ ।न्यायाधीश बमको हत्यामा भारतीय आपराधिक समूहको हात रहेको र तत्कालिन गृहमन्त्री विजयकुमार गच्छदार पनि उक्त समूहसँग नियमित सम्पर्कमा रहेको पाइएकोले सो हत्याकाण्डमा गच्छदारको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान रहेको बताइएको छ ।दुरसञ्चारको कल डिटेल्स अध्ययन गर्दा गच्छदारसँग नियमित रूपमा कयौंपटक भारतीय जेलमा रहेका बब्लु श्रीवास्तवले कुराकानी गरेको प्रमाण बाहिर आएको हो । घटनापछि गृहमन्त्रालयले देखाएको अनुसन्धान तथा सुरक्षाप्रतिको गैरजिम्मेवारीपनले पनि न्यायाधीश बमको हत्या गच्छदारकै संलग्नतामा भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
आजको दृष्टि साप्ताहिकले छापेको समाचार अनुसार तात्कालीन गृहमन्त्रीकै सहयोगमा उक्त हत्याकाण्ड भएको प्रहरीले अनुमान गरेको छ । रणबहादुर बम नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) उच्च स्रोतलाई उल्लेख गर्दै दृष्टिले गच्छदारसँग बब्लुले मोबाइल नम्बर ००९१९८११३८६६५१ र ००९१९००५७७४७०५ बाट कयौँ पटक सम्पर्क गरेको जनाएको छ ।उक्त कुराकानी गराउने काम डब्लु भन्ने दीपक शाहीले गराएको प्रहरीको ठम्याई छ । बमको हत्या हुनुअघि सातपकटसम्म शाहीले तत्कालीन गृहमन्त्री गच्छदारसँग गृह मन्त्रालयमै भेटघाट गरेको पनि प्रहरी स्रोतको दाबी छ ।
त्यसबाहेक माथिको नम्बरबाटै गच्छदारले प्रयोग गर्ने मोबाइल नम्बरमा कैयौँ पटक कुराकानी भएको तथ्य प्रहरीको कल डिटेल्समा फेला परेको छ । न्यायाधीश बमको गत वर्ष जेठ १८ गते शंखमुल पुल नजिकै गोली हानी हत्या गरिएको छ ।

extrakhabar

Post a Comment