Monday, May 13, 2013

आधा बिहे गरेपछि बेहुली अस्वीकार (भिडियोसहित)

behula-2 आधा बिहे गरेपछि बेहुली अस्वीकार (भिडियोसहित)
बेहुलीका परिवारले गुहारे प्रहरी
३० वैशाख,
             कुरो सुन्दै अचम्म लाग्न सक्छ, केटी मागेर जन्तीसहित जग्गेमा बस्न पुगेका एकजना बेहुलाले सोमबार राजधानीमा बेहुली वरिपरि जग्गेमा तीन फन्का घुमिसकेपछि बिहे नगर्ने निर्णय गरेका छन् ।बालुवाटारका अनील चौलागाईले स्वयंमर गरेपछि अकस्मात् बिहे गर्दिँन भन्दै बेहुलीलाई छाडेका हुन् । धादिङ घर भई बालाजु बस्दै आएकी खनाल थरकी बेहुलीसँग स्वयंवर गरेपछि उनले बिहे नगर्ने घोषणा गरेका हुन् ।बिहे भइरहेका बेला जग्गेबाट उठी माला र टोपी फुकालेर हातमा लिएका उनले परिवारको करकापमा मण्डपसम्म आएको बताएका छन् । ‘विवाह हुन लागेको छ भनेर मलाई अस्ति मात्र खबर गरेको होे’ उनले भने-’मलाई दुई हप्ता समय दिनुस् भन्दा पनि कर गरेर लिएर आए ।’
                   विवाहको विषयलाई लिएर घरमा झगडा नै भएको चौलागाईको दाबी छ । तपाईको अन्य युवतीसँग प्रेम छ कि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले ‘छैन’ भनेर जवाफ दिए । बेहुली पक्षले भने सहमतिमा नै विवाह हुन लागेको तर, चौलागाईले कसैको भड्काउमा लागेर आफूहरुको बेइज्यत गरेको आरोप लगाएका छन् । सबैले मनाउन खोजे पनि चौलागाई नमानेपछि बेहुली पक्षले क्षतिपूर्तिसहित सार्वजनिक माफीको माग गरेका छन् । बेहुली पक्षले प्रहरीमा उजुरी दिनुका साथै चौलागाईको आधा सम्पत्ति माग गरेका छन् ।
भिडियो हेर्नुहोस 
onlinekhabar

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light