Monday, May 6, 2013

बलात्कार गरेको आरोपमा स्याङ्जामा एक जना पक्राउ

pakrau वैशाख २३ ,
 स्याङजाको साँखरमा गएको विहीवार एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
साँखर ३ सिउँनडाँडामा भएको घटनाका सम्लग्न रहेको भन्दै साँखर—९ का २० वर्षिय सोनु भन्ने सोम वहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । पीडित युवतीले भनेको आधारमा अरोपित विकलाई उनकै घरबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । गएको विहिवार रामपुरबाट उपचार गरेर घर फर्केकी एक १८ वर्षीया युवतीले २ वटा मोटरसाइकलमा आएका ४ जना युवाले आफूलाई सामुहिक बलात्कार गरेको बताएकी थिइन् । घटनामा संलग्न अरुको खोजी भइरहेको रत्नपुर प्रहरी चौकीका प्रहरी निरिक्षक कुमार श्रेष्ठले जानकारी दिनुभयो । पीडित युवतीको पाल्पामा उपचार भइरहेको छ ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light