Monday, May 6, 2013

कसले बदनाम गरायोः रामकृष्ण ढकाल लाई ?

Ramkrishna Dhakal वैशाख २३ - 
 एक सहकारी संस्थाले कर्जा चुक्ता गर्न सूचना जारी गरेपछि यूरोपको सांगीतिक भ्रमणमा रहेका गायक रामकृष्ण ढकालले तनाव व्यहोर्नुपरेको छ । घरजग्गा खरिदका लाग लिएको ऋण नतिरेको भन्दै लालीगुरास बहुउद्देश्यीय सहकारी संस्थाले २१ दिने सूचना जारी गरेको थियो । पत्रिकामा घरजग्गा लिलामीको सूचना जारी गरेपछि आफू मानसिक तनावमा रहेको उनले बताए । 'पूर्वनिर्धारित कार्यक्रमअनुसार म यहाँ (यूरोप)मा छु, त्यता यस्तो खबर आएपछि म विक्षिप्त भएँ,' बेल्जियमबाट उनले टेलिफोनमा सोमबार साँझ भने, 'मलाई बदनाम गराइयो ।'
नेपाली आधुनिक गायनका चर्चित गायक ढकालले बैँकले पूर्वसम्झौताविपरीत बदनाम गर्ने मनसायले सूचना जारी गरेको बताए । गायक ढकालले बैँकबाट लिएको करिव दुई करोड रुपैयाँ ऋण नतिरेको भन्दै बैँकले सार्वजनिक सूचना जारी गरेको थियो ।
         'सवैलाई थाहै छ, कलाकारको नियमित आय हुँदैन,' बैँकले बाध्यता बुझेर पनि नबुझेकोजस्तै गरेको उल्लेख गर्दै उनले भने, 'मैले सकेजति तिर्दै आएको थिएँ, ५० लाख रुपैयाँ मैले बुझाइसकेको छु ।' ढकालले यस विषयमा अदालतबाट 'स्टे अर्डर' लिएर प्रक्रियामा अघि बढ्ने सहमति हुँदै गर्दा बैँकले सूचना निकालेर आफ्नो परिवारलाई नै मानसिक तनाव दिएको बताए ।
बिदेशमा पनि मानसिक तनाव
बैँकले सूचना निकालेपछि आफ्नो यूरोपको सांगीतिक यात्रामा पनि तनाव थपिएको उनले बताए । 'यो कुरा सुनेपछि कलाकारलाई राष्ट्रको गहना भन्ने सरकारलाई सम्झिएँ,' उनी भन्छन्, 'म माथि तनाव थपियो, गीतको सुटिङ गर्न सकिनँ ।' आफूमाथि बदनाम गरिए पनि २४ वर्षदेखिको सांगीतिक संघर्षलाई नरोक्ने गायक ढकालले बताए । 'म मेरा लाखौं करोडौं श्रोताले बाँचेको छु,' उनले भने, 'हिजो सडकबाट आएको सवैलाई थाहा छ, म संघर्ष गरिरहन्छु ।'

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light