Monday, May 27, 2013

कांग्रेसले समलिङ्गी, तेस्रोलिङ्गीलाई उम्मेदवार बनाउने

कांग्रेसले समलिङ्गी, तेस्रोलिङ्गीलाई उम्मेदवार बनाउने
 १४  जेष्ठ,
                          काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले अब हुने संविधानसभा चुनावमा आफ्नो पार्टीले समलिङ्गी तेस्रोलिङ्गीलाई उम्मेदवार बनाउने तयारी गरेको बताएका छन्। समलिङ्गी तेस्रोलिङ्गी पिंकी गुरुङ, मनिषा ढकाल, कांग्रेस मानवअधिकार विभाग प्रमुख भूमिका श्रेष्ठ र क्षेत्रीय कार्यक्रम संयोजक भक्ति शाहसहितको टोलीसँगको आज भएको भेटमा महामन्त्री सिंहले संसारमा समलिङ्गी तेस्रोलिङ्गीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइरहेको छ भन्दै लोकतन्त्र रहे मात्रै अल्पसङ्ख्यक समुदायको अधिकार सुनिश्चित हुने हुँदा यसको रक्षाका लागि सबै एकै ठाउँमा आउनुपर्नेमा जोड दिए।

समाजको क्षेत्रीय कार्यक्रम संयोजक शाहले चुनावमा कांग्रेसले समलिङ्गी तेस्रोलिङ्गी समुदायबाट तीन चार जनालाई उम्मेदवार बनाउने विश्वास व्यक्त गरे।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light