Saturday, May 11, 2013

रियल रोकिँदा बार्सिलोनालाई उपाधि


२९ वैशाख,
                         
             स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड स्पानियोलसँग १–१ को बराबरीमा रोकिएपछि बार्सिलोनाले ४ खेल अघि नै उपाधि पक्का गरेको हो । दोस्रो स्थानमा रहेको रिलय मड्रिडले २ खेल मात्र खेल्न बाँकी छ र बार्सिलोनाको ७ अंकको अग्रता छ । बार्सिलोनाको ३४ खेलबाट ८८ अंक छ भने ३६ खेल खेलेको रियलको ८१ अंक मात्र छ । टिटो भिल्लोनोभले नेतृत्व सम्हालेको पहिलो वर्ष नै क्लबलाई ला लिगाको उपाधि दिलाएका हुन् । पछिल्लो ५ वर्षमा बार्सिलोनाले चौथो पटक ला लिगाको उपाधि उचालेको हो ।



Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light