Thursday, May 16, 2013

म्यानमारका राष्ट्रपति अमेरिका भ्रमणमा जाने

म्यानमारका राष्ट्रपति अमेरिका भ्रमणमा जाने
२ जेठ,
                  म्यानमारका राष्ट्रपति थाँ सेनले संयुक्त राज्य अमेरिकाको भ्रमण गर्नुहुने भएको छ । उहाँ आगामी सोमबार अमेरिका पुग्नुहुने अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ । भ्रमणलाई ऐतिहासिक भ्रमणका रुपमा लिइएको म्यानमारका अधिकारीहरूले बिहीबार जनाएका छन् ।भ्रमणलाई म्यानमारमा विगतका करिब दुई वर्षदेखि जारी रहेको प्राजातान्त्रिक सुधारको एक प्रतिकका रुपमा पनि लिइएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारको राष्ट्रपतिको हैसियतमा उहाँले सन् १९६६ पछि पहिलोपटक अमेरिकाको भ्रमण गर्न लाग्नुभएको पनि समाचारमा जनाइएको छ ।
               उहाँको यो ऐतिहासिक भ्रमणको स्वागतका लागि हृवाइटहाउस आतुर रहेको बताएको छ । सो औपचारिक भ्रमणका क्रममा म्यानमारलाई हुनसक्ने आर्थिक सहयोग र प्रजातान्त्रिक सुधारका क्षेत्रमा महत्वपूर्ण सम्झौता पनि हुनसक्ने बताइएको छ । म्यानमारले गतवर्षदेखि प्रजातान्त्रिक सुधारको क्रम सुरु गरेको छ । सो क्रममा वर्तमान राष्ट्रपति सेनले विगत करिब दुई दशकदेखि थुनामा राखिएकी नेत्री आङ् सान सुकीको रिहाइ गर्नुभएको थियो ।
          हृवाइटहाउसद्वार बुधबार जारी विज्ञप्तिमा राष्ट्रपति ओबामाले प्रजातान्त्रिक सुधारको क्रममा रहेको म्यानमारका लागि अमेरिकाको के कस्तो सहयोगको आवश्यकता छ भनेर सोध्नुहुने बताइएको छ ।
 रासस/एपी

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light