Thursday, May 16, 2013

यसरी गरे सञ्जय दत्तले प्रहरीसंग आत्मसमर्पण

sanjay-dutt-jel-2यसरी गरे सञ्जय दत्तले प्रहरीसंग आत्मसमर्पण
  २ जेठ,
       १९९३ मा मुम्बइमा भएको बम काण्डका आरोपी ठहरीएका बलिउड नायक संजय दत्त (मुन्ना भाई) ले आज अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । उनले अब साढे ३ बर्ष भन्दा जेलमा जीवन बिताउने छन् ।        संजयलाई लिनका लागि प्रहरी वुलेट प्रुफ गाडीसहित उनको घरमा पुगेको थियो । आत्मसर्मपणका लागि निस्कदै गर्दा संजयको घर अघि फ्यानहरुको बाक्लो भिड लागेको थियो । संजयलाई यरवदा जेल (पुने० मा राखिने छ । संजयले यो जेलमा यसअघि १६ महिना बिताइसकेका छन् । मिडिया र फ्यानहरुको भिडले संजय चढेको गाडी अगाडी बढ्न सकेको थिएन । भिड बाक्लो भएर अघि बढ्न नसकेपछि संजयले गाडीबाट बाहिर निस्किएर आफूलाई आत्मसर्मपण गर्न जानुछ भन्दै बाटो छोडिदिन आग्रह गरेका थिए ।संजयले बिहानको समय आफ्नो पत्नी, बैनी र छोरीहरुको साथमा बिताएका थिए । संजयले आत्मसर्मपण गर्नुअघि सम्पुर्ण शुभचिन्तकहरुलाई आफ्नो लागि प्रार्थना गर्न आग्रह गरेका छन् ।
sanjay-dutt-jel-1                संजयलाई भेट्नका लागि गएराती बलिउडका नायक सलमान खान, अजय देवगन, राजकुमार हिरानी, किरण कुमार र महाराष्ट्रका पूर्व गृहमन्त्री कृपाशंकर सिंह उनको निवास पुगेका थिए ।जेलमा चुरोट पिउन पाउनु पर्ने संजयको आग्रहलाई अदालतले मञ्जुरी नदिएको भारतिय संचारमाध्यहरुले जनाएका छन् । संजयलाई अदालतले चुरोट छोड्न आग्रह गरेको छ । यस्तै संजयलाई १ महिना घरको खाना र १५ दिन पंखाको सुविधा दिन अदालत मञ्जुर भएको छ । संजयले अदालत समक्ष राखेका केही मागहरुलाई पुरा पनि गरिएको छ । संजयलाई मिल्नका लागि उनको परिवार जुनसुकै बेला पनि जेलमा आउन सक्ने अनुमती अदालतले दिएको छ । संजय दत्तलाई मुम्बइको आतरोण जेलमा लगिने भारतिय संचारमाध्यहरुले जनाएका छन् । आतरोण जेलमै उनको मेडिकल चेकअप गरिनेछ । यसपश्चात मात्र उनलाई पुनेको यरवदा जेलमा लैजाने या नलैजाने भन्ने निर्णय हुनेछ । उनको सुरक्षाका लागि प्रहरीले बन्दोबस्त मिलाइरहेको छ । अदालतको बाहिर फ्यान र मिडियाको बाक्लो भिड लागेकाले पनि संजयलाई मुम्बई जेलसम्म लैजान प्रहरीलाई हम्मे हम्मे पर्ने देखिएको छ ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light