Saturday, May 18, 2013

'थ्रेसहोल्ड' बिना चुनावमा जाँदैनौ : कांग्रेस-एमाले

'थ्रेसहोल्ड' बिना चुनावमा जाँदैनौ : कांग्रेस-एमाले

४ जेठ
थ्रेसहोल्ड अनिवार्य:एमाओवादी नेता रायमाझी
नेपाली काँग्रेस र नेकपा एमालेले थ्रेसहोल्ड बिना चुनावमा भाग लिन नसकिने बताएका छन् । उनहरुले चुनावबाट डराएर एमाओवादीले सहमति भैसकेको विषयलाई फेरी उल्टाएको बताए । रिपोर्टर्स क्लवको कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जननरसिंह केसीले थ्रेसहोल्डको प्रावधानमा सहमति भैसकेकोले अब त्यबाट पछि हटेर चुनावमा जान नसकिने बताए । “थ्रेसहोल्डको प्रावधानमा सहमति भैसकेको हो” उनले भने “अब फेरी कसैले मान्दिन भन्यो भनेर हामी त्यसलाई हटाएर चुनावमा जाने पक्षमा छैनौ ।” उनले चारदल बिच चुनावका लागि भएको ११ बुँदे सहमति उल्लघंन नगर्न एमाओवादीलाई चेतावनी दिए ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता भिम रावलले थ्रेसहोल्डको प्रावधानमा अब कसै सँग पनि सम्झौता नगरिने बताए । “थ्रेसहोल्डको प्रावधानमा एमाले अडिग छ” उनले भने थ्रेसहोल्ड हटाउनुपर्छ भन्नेहरु निर्दलियता चाहनेहरु हुन् ।” उनले एमाओवादी चुनावका लागि प्रतिबद्ध नरहेको बताए । उनले आफ्नो पार्टीले समावेशीलाई समानरुपमा लागु गर्न चाहेको बताए । उता राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले सार्थक चुनावका लागि थ्रेसहोल्ड हटाउनुपर्ने बताए । उनले आफुहरुले राखेको १३ बुँदे माग सम्बोधन नभएसम्म चुनाव हुन नसक्ने बताए ।
onsnews

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light