Friday, May 10, 2013

सर्वोच्चद्वारा सञ्जय दत्तको निवेदन अस्वीकार, जेल जानै पर्ने

   बैसाख २७,          
               मुम्बई- भारतको सर्वोच्च अदालतले शुक्रबार अभिनेता सञ्जय दत्तको पुनर्विचार याचिका खारेज गरिदिएको छ। सर्वोच्चको यो फैसलापछि अब उनले जसरी पनि जेल जानै पर्ने भएको छ। अदालतसामु आत्मसमर्पण गर्नलाई उनले जेठ २ गतेसम्मको समय पाएका छन्। आर्म्स एक्ट अन्तर्गत आफूलाई सुनाइएको ५ वर्षको कैद सजायमा पुनर्विचार गर्न उनले अदालतमा निवेदन दिएका थिए।   तर शुक्रबार न्यायाधीशहरु पी सदाशिवम र बीएस चौहानले २१ मार्चमा सुनाइएको फैसलामा पुनर्विचार गर्न इन्कार गरिदिए। यद्यपि अझै पनि उनीसँग सुधारात्मक याचिका (क्युरेटिभ पेटिसन) को विकल्प बाँकी रहेको भारतीय मिडियाहरुले जनाएका छन्।
                        सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटको घटनासँग सम्बन्धित मुद्दामा दत्तलाई सर्वोच्चले पाँच वर्षको सजाय सुनाएको थियो। उनलाई १८ अप्रिलसम्म आत्मसमर्पण गर्ने समय दिइएको थियो। तर १७ अप्रिलमा उनले दिएको निवेदनमाथि विचार गर्दै आत्मसमर्पणको समय ४ हप्ता थपिएको थियो। पाँच वर्षको सजायमा उनले अझै ४२ महिना कैद भुक्तान गर्न बाँकी छ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light