Tuesday, May 21, 2013

अमर लामाको हत्या एमाओवादीले गरेको होइनः प्रचण्ड

अमर लामाको हत्या एमाओवादीले गरेको होइनः प्रचण्ड
७ जेठ,
         एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमर लामाको हत्या एमाओवादीले नगरेको बताउनुभएको छ ।पश्चिम चितवनको गीतानगरमा रहेको हिमालय उच्च माविको भवन उद्घाटन तथा ३३ औँ वाषिर्कोत्सव समारोहमा मंगलबार प्रचण्डले लामाको हत्या एमाओवादीले गरेको भनी लगाइएको आरोपको प्रतिवाद गर्दै भन्नुभयो-”अमर लामाको हत्या एमाओवादीले गरेको कसरी थाहा भयो, उहाँ कहिलेदेखि न्यायाधीश बन्नुभयो ।”
         उहाँले आगामी मङ्सिरभित्र संविधानसभा निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्दै मन्त्रिपरिषद्का अध्यक्ष र मन्त्रीसँग आफूले गरेको पछिल्लो छलफलका आधारमा केही दिनभित्रै निर्वाचनको मिति घोषणा गरिने अनौपचारिक सहमति भएको जानकारी दिनुभयो ।
            विद्यालयले आयोजना गरेको धान्याचल माहायज्ञमा राज्यद्वारा बेपत्ता पारिएका तत्कालीन माओवादी केन्द्रीय सदस्य दण्डपाणि न्यौपानेको परिवारले ३५ लाख सहयोग प्रदान गरेपछि विद्यालयको नामसमेत परिवर्तन गरी ‘हिमालय दण्डपाणि न्यौपाने उच्च मावि’ राखिएको छ । रासस

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light