Tuesday, May 7, 2013

च्याम्पियन क्रिकेटरलाई सहर घुमाइने

वैशाख २५

च्याम्पियन क्रिकेटरलाई सहर घुमाइने 
बर्मुडामा विश्व क्रिकेट लिग डिभिजन ३ जितेर फर्किएको नेपाली टोलीलाई नगर परिक्रमा गराइने भएको छ। आइतबार नेपालले युगान्डालाई फाइनलमा ५ विकेटले पराजित गर्दै उपाधि जित्नुका साथै फाइनल पुगेसँगै विश्वकप छनोटमा स्थान पक्का गरेको थियो। नेपाली टोली बुधबार बिहान ९ बजे काठमाडौं आइपुग्नेछ। प्रशिक्षक पुबुदु दासानायके भने बर्मुडाबाट क्यानाडा लागिसकेका छन्। नेपाल क्रिकेट संघका सदस्य किरण राणाका अनुसार नेपाली टोलीलाई एयरपोर्ट गौशालारातोपुलमैतिदेवीडिल्लीबजारपुतलीसडकपद्मकन्या मोडभृकुटीमण्डपसहिद गेटत्रिपुरेश्वर हुँदै राष्ट्रिय खेलकुद परिषद् पुर्‍याइने छ। एयरपोर्टमा नेपाली टोलीलाई पञ्चकन्याद्वारा स्वागत गराई धिमे बाजाका साथ नगर परिक्रमा गराइनेछ।
                        मिनी टाटालाई फुलमालाले रंगाई खेलाडीलाई नगर परिक्रमा गराउन लागेको उनले बताए। खेलकुद परिषद् हातामा खेलकुदमन्त्री रामकुमार श्रेष्ठ र सदस्यसचिव युवराज लामाले कार्यक्रममा पुरस्कारको घोषणा गर्ने कार्यक्रम छ। मन्त्री श्रेष्ठको अध्यक्षतामा बसेको राखेपको ९७औं बोर्ड बैठकले नेपाली टोलीका प्रत्येक खेलाडीलाई जनही नगद ३ लाख ५० हजार दिन सरकारलाई सिफारिस गरेको थियो। चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलाराज रेग्मीले समेत खेलाडीलाई बुधबार नै भेट्ने कार्यक्रम छ। त्यस्तै एकीकृत माओवादीले दिउँसो ४ बजे नेपाली टोलीलाई पेरिसडाँडामा सम्मान गर्ने भएको छ। सूत्रका अनुसार माओवादीले नेपाली टोलीका प्रत्येक खेलाडीलाई नगद २० हजार दिने तयारी गरेको छ। त्यस्तै नेपाल क्रिकेट संघले पनि जनही १ लाख दिने भएको बताइएको छ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light