७ जेठ,
नक्कली नोटका कारोबारीले नेपालमा भारुकको अभावलाई लक्षित गर्दै भारत हुँदै नक्कली भारु भित्र्याउन थालेका छन् । नक्कली नोटका कारोबारीले बंगलादेशबाट भारतको कोलकाता-पटनाहुँदै वीरगन्ज र बंगलादेशबाट सिलगुढी हुँदै काँकडभिट्टाबाट झापा भित्र्याउने गरेको एकजना उच्च प्रहरी अधिकृतले बताए ।नेपाल प्रहरीले पछिल्लो तीन साताको अवधिमा लगातार तीन पटक ठूलो परिमाणमा नक्कली भारुको नयाँ रुटबारे जानकारी पाएको अन्नपूर्ण पोष्टमा खबर छ । यसअघि हवाईमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँबाट स्थलमार्ग हुँदै वीरगञ्जसम्म नक्कली नोट ओसारपसरा हुने गरेको थियो ।
तीन साताको अवधिमा नेपाल प्रहरीले बेग्लाबेग्लै स्थानबाट पाँचसय र एक हजार भारु दरका करिब चार लाख ७५ हजार नक्कली भारु र एक हजार दरका कुल एक लाख ३८ हजार नेपाली रुपैयाँ बराबरको नक्कली नोट जिल्ला प्रहरी कार्यालय पर्सा र नारायणी अञ्चल प्रहरी कार्यालय वीरगन्जले बेग्ला बेग्लै स्थानबाट बरामद गरेको हो ।
Post a Comment