Monday, May 20, 2013

यस्तो छ हेर्नुस भिडियो नेपाली चलचित्रको

आखिर किन रोक्दैन चलचित्र बिकाश बोर्डले यस्ता क्रियाकलापलाई ? अनि किन मौन छ अन्य सरोकार वाला संस्था ?
                     जे गरे पनि हुने के नेपाली चलचित्र उद्योग को भबिष्य १० लाख लागानी गर्ने निर्माताको पेवा हो ? नेपालि चलचित्रको इतिहाश हुन त धेरै लामो छैन तर याहाँ यस्ता धेरै क्रियाकलाप हुने गर्दछन जो अन्य मुलुकमा अन्य फिल्म इण्डस्ट्रिमा आज सम्म पनि भएका छैनन  ।  एउटा चलचित्र निर्माण गरेर चलचित्रको नाम बाट अश्लिलता फैलाउने केहि सिमित निर्माता हरुलाई कारवाही गर्ने र रोक्ने नियकाए को कमि भएको नै हो त ? यदि येस्तै हो भने नेपालि चलचित्र उधोग पनि पाकिस्तानी चलचित्र उद्योग जस्तै नहोला भन्न सकिन्न । अनि सामाजिक कथा बोकेर निर्माण गरेका  चलचित्र निर्माताहरुको छबि मा पनि कस्तो अशर पुग्छ अनुमान आफै गर्नुहोश ।
         अब कुरा गरौ चलचित्र "रिङ्ग रोड" को जुन चलचित्र गत सुक्रबार बाट प्रदर्शनमा आएको छ ।
त्यो भन्दा अघि चलचित्र "ATM"को कुरा गरौ यो चलचित्रलाई लाई चलचित्रको प्रोमो नेपाली समाजलाई  धेरै नै अपाच्य भएको भन्दै बिभिन्न संघ सस्थाले कारवाही गरेको धेरै समय भएको छैन र चलचित्रको युनिटले भने अहिले सम्म पनि बिबाद खप्नु परेको छ ।
           चलचित्र "ATM"को प्रोमोको कारणले चलचित्र सबैको बेग्र प्रतिक्ष्यामा परेको थियो र चलचित्रले प्रदर्शनको केहि घन्टामा रार्मो कलेक्सन पनि गरेको थियो तर प्रदर्शनको दिनमा नै चलचित्रलाई बन्देज पनि गरिएको थियो । यस्तै चलचित्रको सफलता र दर्शक तान्नको लागि लचित्र "रिङ्ग रोड" को युनिटले छायांकनको र फाईल लाई केहि सम्पादन गरि यु टु ब मार्फत सार्बजानिक गरेका छन् यसबाट चलचित्र "रिङ्ग रोड" को युनिटलाई फाइदा त होला तर के एस्तो गतिविधिले नेपाली चलचित्रको भबिष्य सुनिस्चित हुन सक्छ त ? के ५ दशक को नेपालि चलचित्र इतिहाश बोकेको नेपालि चलचित्रको उपलब्धि येही हो त परिवार संग बशेर हेर्न नमिल्ने चलचित्र ?

हाम्रो भन्नु यति मात्र हो हाम्रो संस्कृती  हाम्रो पहिचान र हाम्रो मौलिकता बोकेको नेपालि चलचित्र अश्लिलता बोकेर सामाजिक संजाल मार्फत बिस्व भर फैलाउने उप्पर सरोकार वाला निकायले केहि कदम चाल्न्नु पर्छ हैन भने हाम्रो चलचित्र उद्योग हामीले गुमाउनेछौ । एक पटक चलचित्र निर्माण गर्नु पूर्व हाम्रा पुराना नेपालि चलचित्रको इतिहाश हेर्नुहला जसमा स्वोर्ण जयन्ति मनाएका चलचित्र देखि ५ १ दिन मयायाका मौलिक कथा बोकेका नेपालि चलचित्रहरु पनि छन्।हुन त यहाँ सबैलाई आफ्नो सस्थाको कुर्शिलाई मात्र सोच्ने फुर्सद छ कसैलाई नेपालि चलचित्रको भबिष्य बारे सोच्ने फुर्सद छैन । छ भने गरेर देखाउने बेला आएको छ "सबैलाई चेतना भया "

पछिल्लो समय प्रविधिको बिकाश संगै सामाजिक कथा बोकेर निर्माण गरिएको चलचित्रको रुपमा चलचित्र "सायद"लाई लिन सकिन्छ भने अशिलिलता बोकेको नेपालि चलचित्रको उधाहरण भने धेरै नै छन् ।
filmyupdate

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light