वैशाख १३ -
रोजगारसम्बन्धी वेबसाइट 'क्यारियर कास्ट'ले गरेको सर्वेक्षणले समाचार संवाददातालाई संसारकै सबैभन्दा झुर जागिरको सूचीमा राखिएको छ । वेबसाइटले शारिरीक श्रम, आम्दानी, तनाव, काम गर्ने वातावरण र जागिरको सम्भावनालाई आधार मानेर गरेको सर्वेक्षणले समाचार संवाददातालाई सबैभन्दा झुर मानेको छ । अरुको जोखिमको पूर्वाअनुमान गर्ने जागिरलाई भने विश्वकै सबैभन्दा उत्तम जागिरको सूचीमा राखिएको छ । वेवसाइटले जारी गरेको २ सय जागिरको सूचीमा समाचार संवाददाता सबैभन्दा अन्तिममा छ । संवाददाताको जागिरलाई घरमा काम गर्ने नोकर, मासु काट्ने बुचर, भाडा माझ्ने कामदार, हुलाकी, घरको छत मर्मत गर्ने र रुख काट्ने कामदारको भन्दा तल राखिएको छ । कलाकार, किसान, टेलिभिजन प्रस्तोताको जागिर पनि झुरको सूचीमा छन् । सर्वेक्षणले जोखिम पूर्वानुमान गर्ने जागिरसँगै बायोमेडिकल इन्जिनियर, सफ्टवेयर इन्जिनियर, अडियोलोजिस्ट, फाइनान्सीयल प्लानर र डेन्टल हाइजिनिस्टको जागिरलाई उत्कृष्ट देखाएको छ ।
२ वटा जागिरको सूचीमा विश्वविद्यालयको प्राध्यापकको जागिरलाई १४ औं नम्बरमा राखिएको छ । वेवसाइटले गरेको समाचार सर्वेक्षणअनुसार सर्जनको जागिर ५१ औं नम्बरमा छ नर्सको जागिरलाई ५५ औं नम्बरमा राखिएको छ । कपाल श्रृंगार्ने हेयर इस्टाइलिस्टको जागिरलाई ८३ नम्बरमा राखिएको छ भने रिसेप्सनको जागिर ८६ नम्बरमा छ । सर्वेक्षणले बस चालकको जागिर, वेल्डर र होटल म्यानेजरको जागिरलाई क्रमशः १५७, १५९ र १५९ औं नम्बरमा राखेको छ ।
पाँच उत्कृष्ट जागिर
जोखिम पूर्वानुमान गर्ने जागिर
बायोमेडिकल इन्जिनियर
सफ्टवेयर इन्जिनियर
अडियोलोजिस्ट
फाइनान्स प्लानर
पाँच झुर जागिर
समाचार संवाददाता
काठ काट्ने मजदुर
युद्धको बेलामा सिपाहीलाई भात खुवाउने काम
कलाकार
तेलको पाइप मर्मत गर्ने मजदुर

Post a Comment