१३ वैशाख, रावलपिण्डी
पाकिस्तानी पूर्व सैनिक शासक परवेज मुसर्रफलाई पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको हत्यामा संलग्न भएको अरोपमा थप तीन दिन थुनामा राख्ने आदेश दिएको छ । रावलपिण्डीको एक अदालतले भुट्टोको हत्याको आरोपमा अनुसन्धानका लागि थप ३ दिन थुनामा राख्ने अनुमति दिएको हो । उहाँलाई पाकिस्तानको रावलपिण्डीमा रहेको आतङ्कवाद विरोधी अदालतमा उपस्थित गराइएको हो । उहाँलाई करिब दुई हप्तादेखि आˆनै घरमा नजरबन्दमा राखिएको छ ।
मुसर्रफमाथि सत्तामा रहँदा पाकिस्तानका एकजना न्यायाधीशलाई बर्खास्त गरी थुनामा राखेको अरोपमा पनि मुद्धा लगाइएको छ । हाल उहाँ सोही मुद्धाको आरोपमा नजरबन्दमा नै हुनुहुन्छ । प्रहरी नियन्त्रणमा रहेका उहाँलाई बिहीबार पनि अदालतमा उपस्थित गराइएको थियो । अदालतले आगामी मे ४ पछि लागू हुनेगरी उहाँलाई थुनाको आदेश दिएको हो । पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको सन् २००७ मा हत्या भएको थियो । आम निर्वाचनको प्रचारमा लागिरहेका बेला उहाँको हत्या गरिएको थियो । रासस/एएफप
Post a Comment