Monday, August 20, 2012

बलिउडका तरुनीसँग सल्किएका क्रिकेटरहरु (फोटोफिचर सहित)


बलिउडका तरुनीसँग सल्किएका क्रिकेटरहरु (फोटोफिचर सहित)

भारतीय क्रिकेट खेलाडीहरु क्रिकेट मैदानमा जतिराम्रो प्र्रदर्शन गर्छन् प्रेम तथा रोमान्सको मैदानमा पनि उत्तिकै खरो उत्रिन सक्षम छन् । हुनत यो कुरा सबै क्रिकेटरमा लागु नहुन सक्छ । तर नाम चलेका केही स्टार क्रिकेटरहरु बल र ब्याटमा जस्तै पिरतीको खेलमा पनि राम्रैसँग चम्किन सफल भएका छन् । अझ क्रिकेटरहरुको अभिनेत्री तथा मोडेलहरुसँगको लसपसको खबरले बेलाबेलामा बजार तताउने गर्छ । भारतीय क्रिकेटरहरुमध्ये रोहित शर्मा, हरभजन सिंह, युवराज सिंह, महेन्द्रसिंह धोनी लगायतका नौजवानहरु विभिन्न अभिनेत्री तथा मोेडेलसँग नाम जोडिएकै कारण चर्चामा आए ।
रोहित शर्मा र अभिनेत्री सोफिया हायतबीच आजकल इलुइलु चलिरहेको हल्ला छ । पिचमा समेत राम्रै प्र्रदर्शन गर्ने रोहितको कामुक अभिनेत्री तथा मोडेल सोफियासँग उस्तै राम्रो रोमान्स चलिरहेको बताइन्छ । यस्तै नायिकासँग नाम जोडिने क्रिकेटरमा भारतीय क्रिकेट कप्तान महेन्द्रसिंह धोनी पनि पर्छन् । उनको कुनैबेला अभिनेत्री दीपिका पादुकोणसँग इलुइलु चलेको थियो । यद्यपि धोनी अहिले विवाह बन्धनमा बाँधिइसकेका छन् ।
केटा फेरिरहन खप्पिस मानिने दीपिका पादुकोणको बाहुपासमा अर्का क्रिकेटर युवराज सिंह पनि कुनै बेला परेको हल्ला चलेको थियो । युवराज सिंहको नाम नायिका किम शर्मासँग पनि जोडिन पुग्यो । वास्तवमा युवराज र किमबिचको सम्बन्ध पछिल्ला वर्षमा नायिका र क्रिकेटरबीचको अफेयरमध्ये सबैभन्दा बढि चर्चामा रहेको थियो । यस्तै बलर हरभजन सिंह र गीता बासरा तथा जाहिर खान र इशा सरवानी बीचको अफेयर पनि चर्चामै रहन सफल भयो ।
बलिउडका सुन्दरीहरु केवल स्वदेशी क्रिकेटरहरुलाई आकषिर्त गर्न मात्र सफल भएनन् । उनीहरु एक से एक विदेशी क्रिकेटरहरुलाई पनि माया जालमा फसाउन सफल भएका छन् । पाकिस्तानी क्रिकेटर इमरान खान र बलिउड अभिनेत्री जिनत अम्मान तथा वेष्ट इण्डिजका विवियन रिचार्ड र निना गुप्ताबीचको सम्बन्ध यसको उदाहरणको रुपमा लिन सकिन्छ ।
रोहित-सोफियारोहित-सोफियायुवराज सिंह – किम शर्मा
                              
जाहिर खान – इशा सरवानी

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light