Wednesday, July 4, 2012

मान्छे किन सधै तम्तयार हुन्छ........... ?


        
          अमेरिकी वैज्ञानिकहरुले प्राय मानिस सेक्सको मामिलामा सधै तम्तयार रहने कारण पत्ता लगाएका छन् । मानव मस्तिष्कको अध्ययन गरी खाना तथा सेक्सको मामिलामा मानिस सधै तयार रहने कारण वैज्ञानिकहरुले पत्ता लगाएका हुन् । डार्टमाउथ कलेजका अनुसन्धानकर्ताहरुले मानव मस्तिष्कको न्युक्लियस एकुम्बेन्स भन्ने भागले मानिसको खाने तथा मान्छे एउटा सोच्ने अनि अनुभब गर्ने अनि धेरै किसिम को सोच विचार अनि यौन सम्बन्धि व्यवहार नियन्त्रण गर्ने तथ्य पनि पत्ता लगाएका छन् । अध्ययनको क्रममा उनीहरुले विभिन्न ४८ जना महिलाहरुलाई विभिन्न प्रकारका खानाका प्रकार, प्रकृतिका सुन्दर दृश्य तथा यौन सम्बन्धि उत्तेजक तस्वीरहरु देखाएका थिए । ती तस्वीरहरु पालैपालो देखाएपछि उक्त तस्वीरप्रति महिलाहरुको मस्तिष्कले देखाउने प्रतिक्रिया एमआरआइ इमेजिङ विधिबाट मापन गरिएको थियो । त्यसको ६ महिनापछि ती महिलाहरुलाई पुनः बोलाएर उनीहरुलाई अध्ययनको उद्देश्यका बारेमा बताइयो र उनीहरुलाई विभिन्न प्रश्न सोध्नुका साथै तौल पनि लिइयो ।
                     त्यसक्रममा खानाका तस्वीरमा मस्तिष्कको भाग बढि उत्पे्ररित भएका महिलाहरु बढि खञ्चुवा रहेका र उनीहरुको तौल ६ महिनाको बीचमा बढेको पाइयो । त्यस्तै अरु तस्वीरभन्दा यौन सम्बन्धी उत्तेजक तस्वीरमा मस्तिष्कको न्युक्लियस एकुम्बेन्स भन्ने भागले बढि प्रतिक्रिया जनाएका महिलाहरु साच्चीँनै सेक्सको विषयमा बढि क्रेजी रहेका र उनीहरु अरु महिलाभन्दा सेक्सको विषयमा बढि सक्रिय रहेको पाइयो ।
             अझ अर्को कुरा के भने अधिकांस महिलाको मस्तिष्क अरु तस्वीरमा भन्दा सेक्स सम्बन्धी तस्वीरमा बढि उत्प्रेरित भएको पाइयो । यसबाट वैज्ञानिकहरुले के निष्कर्ष निकालेका छन् भने जुन घटना तथा विषयमा मानिसको मस्तिष्क बढि उत्प्रेरित हुन्छ वा प्रतिक्रिया जनाउँछ त्यसलाई मानिसले अरु तस्वीरमा भन्दा सेक्स सम्बन्धी तस्वीरमा बढि उत्प्रेरित भएको पाइयो । यसबाट वैज्ञानिकहरुले के निष्कर्ष निकालेका छन् भने जुन घटना तथा विषयमा मानिसको मस्तिष्क बढि उत्प्रेरित हुन्छ वा प्रतिक्रिया जनाउँछ त्यसलाई मानिसले ‘भो’ भनिहाल्न सक्दैन ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light