साउनको पहिलो सोमबार पशुपती मन्दिरमा दर्शनार्थीको घुइचो रह्यो। राता र हरिया कपडामा चिटिक्क सजिएर आएका महिलाको भिडले मन्दिर वरपरको माहौलसमेत रंगिन बन्यो। सडक किनारमा मेहेन्दी र चुरा पसलमा महिला तथा युवतीहरु झुम्मिए।
मेहेन्दीको गाढा रगंसँगै श्रीमानसँगको मायापिरती झनै गाढा हुने कतिपयले सुनाए।' माया अझै गाढा हुन्छ रे', दुबै हातमा मेहेन्दी लगाएकी मैतीदेवीकी करिना रेग्मीले भनिन्, 'यो लगाउँदा रमाइलो महसुस भएको छ।' राजविराजकी वविता झाले पनि उस्तै धारणा सुनाइन्। 'हाम्रोतिर पनि यही मान्यता छ,' उनले भनिन्, 'यसको रगंसँगै माया अझै गाढा हुन्छ।'
हरियो चुरा पनि साउनको प्रतिक रहेको उनले सुनाइन। विहे नगरेका यूवती पनि मेहेन्दीमा झुम्मिएका थिए।विहे नभएका युबतीहरु ले श्रावणको व्रत लिएपछि राम्रो बर पाउने भनेर पनि व्रत लिने गर्दछन
Post a Comment