Thursday, May 30, 2013

फेसबुक अकाउण्ट खोलेपछि जान्नै पर्ने कुरा

फेसबुक अकाउण्ट खोलेपछि जान्नै पर्ने कुरा

facebook-kitta

               फेसबुक अकाउण्ट खोलेपछि सायदै मान्छे होलान्  जो तस्वीर शेयर गर्दैनन्, स्टाटस अपडेट गर्दैनन् तथा आफ्ना साथीहरुसँग च्याटमा मीठा मीठा कुरा गर्दैनन् ।

फेसबुकमा च्याटिङ गर्नु तथा सँगै स्टाटस पनि अपडेट  गर्नुको मज्जा नै बेग्लै ।
यसरी च्याटमा गरिएका कुराकानी सबै फेसबुक अकाउण्टमा सुरक्षित भएर बस्छन् । जुन पछि पनि पढ्न पाइन्छ ।

कहिलेकाहीँ फेसबुकमा निकै गोप्य  कुरा च्याटमा गरिएको हुन्छ । यदि तपाइँको फेसबुक  अकाउण्ट अर्को कुनै व्यक्तिले पनि खोल्नसक्छ र  उसलाई तपाइँले कसैसँग गरिएको गोप्य  च्याटको बारेमा थाहा नदिनु छ भने तपाइँले आफ्नो फेसबुक  च्याट डिलिट गर्नुपर्छ । यदि गर्नुभएन भने तपाइँले  कोही साथीसँग गरेको गोप्य च्याट अरुले पनि हेर्न पाउने
सम्भावना हुन्छ ।
फेसबुकबाट च्याटिङ म्यासेज डिलिट गरेर  आफ्नो गोप्य सम्वादलाई लिक हुन नदिनका लागि निम्न  उपाय अपनाउनुहोस् :
  • - सबैभन्दा पहिले आफ्नो फेसबुकको होम पेजमा जानुहोस्
  • त्यहाँ रहेको उल्टो हातजस्तो संकेतसहितको म्यासेज
  • बक्समा क्लिक गर्नुहोस् ।
  • - म्यासेज बक्समा क्लिक गरेसँगै तपाइँका सबै म्यासेज
  • खुल्नेछन् । त्यसपछि एक्सन मेनुमा जानुहोस् र डिलिट
  • म्यासेज नामक अप्सन छान्नुहोस् । अनि जुन
  • प्रकारका म्यासेज तपाइँ डिलिट गर्न
  • चाहनुभएको हो त्यसको बक्समा क्लिक गर्नुहोस् ।
  • यदि तपाइँ आजसम्मका सबै च्याटिङ म्यासेज नै डिलिट
गर्न चाहनुभएको हो भनी एक्सन मेनुमा गएर डिलिट
  • कन्भरसेसन भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
  • यसो गर्दा तपाइँले फेसबुक अकाउण्ट सुरु गरेदेखिका सबै
  • च्याटिङ म्यासेज डिलिट हुनेछन् ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light