Saturday, August 30, 2014

आजको राशिफल


आजको पञ्चाङ्ग
आज मिति २०७१ साल भाद्र १५ गते आइतबार, तदनुसार अगस्त ३१ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४, प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ ।


चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्र पदशुक्लपक्षको षष्ठी तिथि ४७ घटि २१ पला अर्थात रातिमा १२ बजेर ३९ मिनेटसम्म त्यस उप्रान्त सप्तमी तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा तुला राशिमा अहोरात्र रहनेछ । आज दिनमा ३१ घटि ४५ पलाको रहनेछ ।


आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४२ मिनेटमा रौद्र मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर २४ मिनेटमा हुनेछ ।


आजको राशिफल 
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
नयाँ मित्रसँग भेटघाट, आर्थिक क्षेत्रबाट लाभ हाँसिल, अधुरो कार्य पुरा हुने सम्भावना छ उपयोग गर्नुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मित्रहरूबाट सहयोग, कला क्षेत्रमा अभिरुचि, एकमुष्ठ रकम संकलन, स्वादिष्ट व्यञ्जन प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दैनिक कार्य अधुरा, विरोधीहरू सक्रिय हुनेछन, स्वास्थ्य हानी समय तथा दिन खराब रहनेछ सतर्क हुनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आम्दानीमा गिरावट, समय विवादित, महत्वपूर्ण कार्यमा अवरोध, चुनौतिमाथि चुनौति थपिनेछ चनाखो हुनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शैक्षिक तथा सामाजिक प्रगति, प्रेमप्रसँग सुमधुर रहनेछ, आदर सत्कार पाइने ठाउँमा सरिक हनु पाइनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पारिवारिक किचलो थपिने, मानसिक चिन्ता, नकारात्मक सोचाईले गर्दा आफैलाई घाटा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
एक्कासि धन तथा जमिन लाभ, नयाँ कार्यमा लगानी, महत्वपूर्ण उपलव्धि हाँसिल,दिन सबै प्रकारले शुभ रहने ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफ्नै पेशाबाट नोक्सान, दिनभर घरमै बस्नुपर्ने, पढाईमा मन नजाने, समय खराब छ सतर्क रहनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मनमा अनावश्यक पीडा, अनावश्यक टक राव हुने,आर्थिक भार थपिने, आफन्तबाट धोका पाइनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
रोजगारीबाट आत्म सन्तुष्टि मिल्नेछ, मित्रसंग भेटघाटको अवसर मिल्न सक्नेछ, सम्मानको अवसर ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, यात्रामा बाधा, जोसँग पनि विवाद पर्न सक्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफन्तबाट विरोध आउने, आफ्नै पेशाबाट घाटा, पारिवारिक कचिलोले गर्दा दिनभर चिन्ता पर्नेछ ।


आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल भाद्र १५ गते आइतबार बिहान ५:४२ बजेदेखि ७:१२ बजेसम्म उद्वेग बेला, बिहानमा ७:१२ बजेदेखि ८:४२ सम्म चर बेला, बिहानमा ८:४२ बजेदेखि १०:१२ बजेसम्म लाभ बेला, बिहानमा १०:१२ बजेदेखि ११:४२ बजेसम्म अमृत बेला, बिहान ११:४२ बजेदेखि दिनमा १:१२ बजेसम्मकाल बेला, दिनमा १:१२ बजेदेखि २:४२ बजेसम्म शुभ दिनमा २:४२ बजेदेखि ४:१२ बजेसम्म रोग साँझ ४:१२ बजेदेखि ५:४२ बजेसम्म उद्वेग बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।


आजको साइत:
आज दक्षिण दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।


राहुकालको समय :
दिनमा ४:३० बजेदेखि ६:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन

ADVERTISE

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light