Tuesday, August 5, 2014

आजको राशिफल






आज मिति २०७१ साल श्रावण २१ गते बुधबार, तदनुसार अगस्त ६ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४,
==================================
प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन्। वर्षा ऋतु चल्दै छ ।चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ ।

शौरमान अनुसार आज श्रावणशुक्लपक्षको दशमी तिथि १२ घटि ५८ पला अर्थात बिहानमा १० बजेर ४१ मिनेटसम्म त्यस उप्रान्त एकादशी तिथि लाग्नेछ । आज सूर्य कर्कट राशिमा रहेको छ भने चन्द्रमा वृश्चिक राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३३ घटि १५ पलाको रहनेछ ।
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३० मिनेटमा तुरुदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ ।
==================================
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दाजुभाई बीच मनमुटाव हुने, दैनिक उपभोग्य सामग्रीको अभाव, शुरु गरेको विकास निर्माणको कार्य रोकिनेछ ।
==================================
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ उपयोग गर्नुहोला ।
==================================
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मान्यजनबाट सहानुभूति, व्यापारिक कार्य सफल,साहित्य क्षेत्रबाट सफलता मिल्नेछ, दिन शुभ छ ।
==================================
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
भूमि सम्बन्धि विवाद, वहस पैरवि कार्यक्रम स्थगित,सुनचाँदी कारोबारमा मन्दी आउनेछ दिन राम्रो रहनेछैन ।
==================================
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफ्नो रोजाइको कार्यमा अरुको विरोध, नेतृत्व कार्य र व्यापारमा असफल हुने, टाढाको यात्रा विफल हुनेछ ।
==================================
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कृषि कार्यबाट लाभ पाइने, मेहनत गरेको ठूलो राशिको धन हात लाग्ने, इष्टमित्रको सहयोगले अधुरा कार्य पूरा हुनेछन् ।
==================================
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
टाढाकोे यात्रामा शारीरिक पीडा हुन सक्ने,सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका हुनेछ ।
==================================
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
रोजगारी बाट आत्मसन्तुष्टि मिल्नेछ, नयाँ मित्रसंग भेटघाटको अवसर मिल्ने, मानसम्मानको अवसर प्राप्त ।
==================================
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सरकारीपक्षबाट सहयोग, नयाँ साथीसँग सम्बन्ध गासिने, सामाजिक सक्रियता, सहयोगी हातहरु बढ्दै जानेछन ।
==================================
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
इष्टमित्रबाट सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेम प्रसँग सुमधुर रहने,यात्रा फलदायी हुनेछ ।
==================================
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
व्यापार व्यवसायबाट घाटा हुन सक्नेछ,स्वास्थ्यमा एक्कासी खराबी आउन सक्नेछ, मानसिक चिन्तन हुनेछ ।
==================================
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ,स्त्रीवर्गसँग किचलो हुने, गरेको कार्य अर्थहिन हुने ।
==================================
आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल श्रावण २१ गते बुधबार बिहान ५:३०बजेदेखि ७:०० बजेसम्म लाभ बेला, 
बिहानमा ७:००बजेदेखि ८:३० सम्म अमृत बेला, बिहानमा८:३०
बजेदेखि १०:०० बजेसम्म काल बेला, बिहानमा १०:०० बजेदेखि ११:३० बजेसम्म शुभ बेला, बिहान ११:३०बजेदेखि दिनमा १२:०० बजेसम्म रोग बेला,
==================================
दिनमा १२:०० बजेदेखि २:३० बजेसम्म उद्वेग दिनमा २:३० बजेदेखि ४:०० बजेसम्म चर साँझ ४:०० बजेदेखि ५:३० बजेसम्म लाभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
==================================
आजको साइत:
आज पश्चिम दिशाको बाहेक अन्य कुनै पनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
==================================
राहुकालको समय :
दिनमा १२:०० बजेदेखि १:३० बजेसम्म राहुकाल रहनेछ ।यो समय भित्र यात्रा, लेनदेन,ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light