Friday, August 22, 2014

आजको पञ्चाङ्ग र राशिफल




आजको पञ्चाङ्ग

आज मिति २०७१ साल भाद्र ७ गते शनिबार, तदनुसार अगस्त २३ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४,

प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार भाद्रपदकृष्णपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदकृष्णपक्षको त्रयोदशी तिथि २२ घटि ४८ पला अर्थात दिनमा २ बजेर ४६ मिनेटसम्म त्यस उप्रान्त चतुर्दशी तिथि लाग्नेछ । आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा कर्कट राशिमा अहोरात्र रहनेछ । आज दिनमा ३२ घटि १६ पलाको रहनेछ ।


आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३८ मिनेटमा यम मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ३३ मिनेटमा हुनेछ ।


आजको राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
नकारात्मक सोचाइले गर्दा कार्य अस्तव्यस्त आम्दानी भन्दा खर्च बढी हुनाले दिनभर तनाव झेल्नु पर्नेछ ।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिन सबै प्रकारले शुभ छ, लगानी गरेको जुनसुकै व्यवसायवाट पनि लाभ पाउनुहुने, धार्मिक यात्रा हुने ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अनावश्यक झमेलामा फसिनेछ,  काममा एक्कासी अवरोध आउनेछ, स्वास्थ्यमा खरावी आउनेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पारिवारिक सहयोगले कार्य सम्पन्न, नयाँ कार्यक्षेत्रमा प्रवेश हुनेछ, आदर सत्कार पाइने, स्वास्थ्य राम्रो रहनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दिन तथा समय दुवै खराव रहनाले पारिवारिक कलह हुन सक्नेछ, इज्जतमा दाग लाग्न सक्नेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सकारात्मक सोचाइ बढ्ने, व्यापार व्यवसायबाट लाभ पाइने, स्वास्थ्यमा क्रमशः सुधार हँुदै जानेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
दिन सामान्य रहेकोछ, शुरु गरेका कार्य अधुरा, पेटमा गडबढ हुन सक्नेछ खानामा सावधानी अपनाउनुहोला  ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफन्तजनसँग मनमुटाव हुन सक्छ, खर्चमा एक्कासी वृद्धि हुनेछ, छोराछोरीबीच झगडा हुदाँ तनाव बढ्नेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापार व्यवसायमा मन्दी आनउेछ, धनमाल लुटिन सक्नेछ चनाखो हुनु राम्रो हुनेछ, यात्रामा बाधा आउनेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
समय महत्वपूर्ण रहेकोछ, प्रेमीका भेट हुनाले दिन खुसीयालीमा बित्नेछ, धार्मिक कार्यको पनि लगाव बढ्ने ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
एकमुष्ट रकम संकलन, नविन कार्यको थालनी हुनेछ, दिन शुभ रहनेछ उपयोग गर्नु राम्रो हुन सक्छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
एक्कासी नयाँ खालको रोग देखा पर्नेछ, दिन विवादित छ साथीहरुसंग कलह हुन सक्नेछ सतर्क रहनुहोला ।


आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल भाद्र ७ गते शनिबार बिहान ५:३८ बजेदेखि ७:०८ बजेसम्म काल बेला, बिहानमा ७:०८ बजेदेखि ८:३८ सम्म शुभ बेला, बिहानमा ८:३८ बजेदेखि १०:०८ बजेसम्म रोग बेला, बिहानमा १०:०८ बजेदेखि ११:३८ बजेसम्म उद्वेग बेला, बिहान ११:३८ बजेदेखि दिनमा १२:०८ बजेसम्म चर बेला, दिनमा १२:०८ बजेदेखि २:३८ बजेसम्म लाभ दिनमा २:३८ बजेदेखि ४:०८ बजेसम्म अमृत साँझ ४:०८ बजेदेखि ५:३८ बजेसम्म काल बेला रहनेछ । 


यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

आजको साइत:
आज उत्तर र पश्चिम दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

राहुकालको समय :
बिहानमा ९:०० बजेदेखि १०:३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light