Friday, August 8, 2014

आजको राशीफल


आजको राशिफल,आज मीती २०७१ साल साउन २४ सनीबार,सन् २०१४ अगस्ट ९ तारिख । नेपाल संवत् ११३४,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सुरुको समय रमाइलो रहला ।रमाइलो यात्रा सम्भावित छ । प्रेमको बन्धन पनि कसिने बेला छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला । मंगलबार र बुधबार भने अलि प्रतिकूल रहलान् । चोटपटक लाग्ने, अस्वस्थ भइने र सानातिना समस्यामै अल्झिनुपर्ने समस्या आउलान् ।बिहीबारदेखि समय अनुकूल रहनेछ ।धर्मकर्ममा मन जाला । समाजसेवा,परोपकार जस्ता प्रतिष्ठा बढ्ने काम सम्पादन हुनेछन् । आम्दानी पनि प्रशस्तै बढ्नेछ। नयाँ काम पाइनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शरीरमा आरोग्य र स्पूmर्ति बढ्नेछ ।प्रतिस्पर्धी तथा शत्रुपक्ष विस्थापित होलान् ।प्रशस्त धन लाभ हुनेछ ।अधुरा काम बन्ने समय छ । प्रेमको बन्धन कसिनेछ । रमाइलो यात्रा र मनोरञ्जनमा सहभागी भइएला ।व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । बिहीबार र शुक्रबार भने झमेला, विवाद र चोटपटकको योग छ, सचेत रहनुहोस् । तापनि सप्ताहान्त फलदायी रहनेछ । ढिलै भए पनि इच्छाएको वस्तु प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,हा)
शिक्षा र बौद्धिक क्षेत्रमा उन्नति हुनेछ ।काम गरेर अरूलाई सजिलै आकर्षित गर्न सकिनेछ ।तपाईंको प्रतिभाको धेरैले कदर गर्नेछन् ।व्यापार–व्यवसायमा फाइदा होला । शत्रुबाधा समाप्त होला । प्रशस्त धन लाभ हुनेछ । अप्ठ्यारा चुनौतीहरूलाई पनि सजिलै पन्छाउन सकिनेछ । प्रेम र नयाँ मित्रताको गाँठो कसिनेछ।व्यवसायमूलक भ्रमण सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइएला ।साताको अन्त्यमा भने अस्वस्थता, हानि र चोटपटकको योग छ, सचेत रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुरुमा अस्वस्थता र कमजोरी अनुभव हुनेछ ।नजिकका व्यक्तिबाटै काममा अवरोध हुने देखिन्छ । आफन्तसँग असमझदारी बढ्नेछ ।महत्वाकांक्षी योजना गोप्य राख्नुमै बुद्धिमानी हुनेछ । सोमबारदेखि व्यापार–व्यवसायमा फाइदा हुनेछ ।पढाइलेखाइमा प्रगति होला । गुरुजनको साथ मिल्नेछ । प्रतिस्पर्धीहरू पराजित होलान् । आर्थिक पक्ष पनि सबल बन्नेछ । काममा उत्साह थपिनेछ । चुनौतीहरू सजिलै पार लाग्नेछन् ।सप्ताहान्तमा रमाइलो यात्राको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कर्मप्राप्तिको योग छ ।सोचेजस्तै सफलता मिल्नेछ सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । मंगलबार र बुधबार भने अलि प्रतिकूल रहलान् । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अरूलाई हुनेछ ।
तापनि निराश नहुनुहोस्,बिहीबारदेखि रोकिएका काम बन्नेछन् ।
पढाइलेखाइमा राम्रै उन्नति हुनेछ ।आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ ।व्यवसायबाट प्रशस्त लाभ होला । प्रतिस्पर्धीहरू लाई पछि पार्न सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
वैचारिक क्षमता बढ्नेछ ।तपाईको अभिव्यक्तिबाट धेरैलाई प्रभाव पर्नेछ ।मानसम्मान बढ्नेछ ।बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । आत्मबल बढ्नेछ ।व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ । आँटेका काममा सहयोगीहरूले
साथ दिनेछन् र थप हौसला मिल्नेछ ।प्रतिस्पर्धीहरूले हार खालान् । बिहीबार र शुक्रबार भने अरूको भरपर्दा हानि हुने र विश्वास गुम्ने सम्भावना छ, सचेत रहनुहोला ।सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कामबाट विश्राम लिने मौका छ । प्रियजनसँग भेटघाट र प्रसन्नता को समय छ ।विभिन्न उपहार समेत पाइएला । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । तपाईंको विचारलाई धेरैले मन पराउनेछन् ।बोलीकै भरमा काम सम्पादन गर्ने समय छ ।आतिथ्यपूर्ण सम्मान र सहयोगीहरूबाट साथ पाइनेछ । कर्मयोगमा अभिवृद्धि हुनेछ ।पराक्रम बढेर जाला । प्रेम र मित्रताको गाँठो कसिने बेला छ ।आम्दानी बढ्नेछ । सप्ताहान्तमा भने धोकामा परिने सम्भावना देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या,यि, यु)
सुरुको समय अलि कमजोर देखिन्छ ।काममा बाधा र खर्चको मात्रा बढ्ने समय छ । स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ ।मंगलबारदेखि आफन्तजन भेटिएलान् ।शरीरमा आरोग्य एवं स्पूmर्ति बढ्नेछ ।
विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होलान् । बोलीको प्रभावले महत्वपूर्ण काम बन्न सक्छ । मानसम्मान पाइनेछ । सहयोगीहरू जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ ।काममा उत्साह थपिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा,भे)
समय रमाइलो रहला । सुरुमै राम्रो आम्दानी हातपर्ला ।
काममा उत्साह बढ्नेछ । व्यावसायिक काममा लाभ होला श्रमको उचित मूल्यांकन हुनेछ । मंगलबार र बुधबार भने आकस्मिक खर्च बढ्नेछ । तापनि, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ ।टाढाको यात्रा सम्भावित छ । आरोग्य एवं स्पूmर्ति बढ्नेछ । भेटघाटले प्रसन्नता मिल्नेछ । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला ।नयाँ काम गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि,खु, खे, खो, गा, गि)
रोकिएका कामहरू सम्पादन गर्ने समय आएको छ । मान–सम्मान बढ्नेछ, प्रशंसा पाइएला ।रमाइलो भ्रमण सम्भावना छ । नयाँ काम गर्ने मौका छ ।आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आम्दानी बढ्नेछ । बिहीबार र शुक्रबार भने खर्च बढ्ने र काम रोकिने सम्भावना छ । तापनि, सप्ताहान्त भने उत्साहवद्र्धक नै रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ काम र जिम्मेवारी मिल्ने समय छ। धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलापमा मन जाला । राजनीति र नोकरीमा उन्नति होला । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । विद्यामा प्रगति हुनेछ । अरूको मन जित्न सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रतिनिधिमूलक यात्रा सम्भावना छ ।
पुराना साथीभाइसँग भेटघाट गर्ने मौका छ ।साताको अन्त्यमा खर्च बढ्नेछ ।केही नोक्सानीको योग छ ।टाढाको यात्रा भने फलदायी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सुरुमा केही समस्या आउलान् । चोटपटक लाग्ने वा अस्वस्थताको योग छ । कामको बोझ पनि थपिनेछ ।मंगलबार देखि स्थितिमा सुधार आउला ।नयाँ जिम्मेवारी पाइनेछ। धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । मान–सम्मान बढ्नेछ, प्रशंसा पाइएला । साताको मध्यमा रमाइलो भ्रमण सम्भावना छ । नयाँ काम गर्ने मौका छ ।आफ्नो क्षेत्रको नेतृत्व गर्दै यात्रा गर्ने मौका आउला । आयआर्जनमा सुधार आउनेछ ।
अरूको मन जित्न सफल भइनेछ । कर्मसिद्धिको समय छ ।


Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light