आजको पञ्चाङ्ग
आज मिति २०७१ साल भाद्र ५ गते बिहीबार, तदनुसार अगस्त २१ सन् २०१४, श्रीशाके १९३६, नेपाल संवत् ११३४,
===================================
प्लवङ्गनामकह संवत्सरह, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वर्षा ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार भाद्रपदकृष्णपक्ष चलिरहेको छ । शौरमान अनुसार आज भाद्रपदकृष्णपक्षको एकादशी तिथि १५ घटि ० पला अर्थात बिहानमा ११ बजेर ३७ मिनेटसम्म त्यस उप्रान्त द्वादशी तिथि लाग्नेछ ।
आज सूर्य सिंह राशिमा रहेको छ भने चन्द्रमा मिथुन राशिमा अहोरात्र रहनेछ ।आज दिनमा ३२ घटि २३ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३७ मिनेटमा रावण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ३५ मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
खेलकुदबाट मनोरञ्जन प्राप्त हुनेछ, सकारात्मक सोचाईले गर्दा आर्थिक लाभ, स्वास्थ्य राम्रो रहनेछ ।
===================================बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सरकारी काम असफल हुनेछ, पारिवारिक विवाद थपिने, दीर्घ रोगको सुरुवात हुनेछ सतर्क रहनुहोला ।
===================================मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
मनमा उत्साह बढ्नेछ, स्वास्थ्यमा क्रमिक सुधार, नयाँ कामको अवसर मिल्नेछ, समय राम्रो छ ।
===================================कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
टाढाकोे यात्रामा शारीरिक पीडा हुन सक्ने, सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका हुनेछ ।
===================================सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
इष्टमित्रबाट सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेम-प्रसँग सुमधुर रहने, यात्रा फलदायी हुनेछ ।
===================================कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ उपयोग गर्नुहोला ।
===================================तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
धार्मिक कार्यतिर समय खर्च हुने, पति(पत्नीबीच मनमुटाव बढ्ने, आम्दानीका श्रोत घट्न सक्ने ।
===================================बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
विरोधीहरु सक्रिय हुनेछ, धनमल हराउन सक्नेछ, नकारात्मक सोचाइले गर्दा आर्थिक नोक्सानी हुनेछ ।
===================================धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
टाढाबाट धन प्राप्त हुन सक्नेछ, प्रियतम भ्टघाट हुनेछ, धार्मिक क्षेत्रबाट लाभ पाइनेछ, स्वास्थ्य राम्रो रहेछ ।
===================================मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ ठाँउमा जाँदा आदरसत्कार पाइने, नयाँ क्षेत्रमा गरेको लगानीबाट मनग्य आम्दानी, दिन अत्यन्त राम्रो छ ।
===================================कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ, स्त्रीवर्गसँग किचलो हुने, गरेको कार्य अर्थहिन हुने ।
===================================मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आँखामा खराबी आउन सक्नेछ, पढाई असफल हुन सक्ने, दिनभर नैरास्यता बढ्न, समय खराब छ ।
===================================आजको शुभ, लाभ र अमृत बेला:
आज २०७१ साल भाद्र ५ गते बिहीबार बिहान ५:३७ बजेदेखि ७:०७ बजेसम्म शुभ बेला, बिहानमा ७:०७ बजेदेखि ८:३७ सम्म रोग बेला, बिहानमा ८:३७ बजेदेखि १०:०७ बजेसम्म उद्वेग बेला, बिहानमा १०:०७ बजेदेखि ११:३७ बजेसम्म चर बेला, बिहान ११:३७ बजेदेखि दिनमा १२:०७ बजेसम्म लाभ बेला, दिनमा १२:०७ बजेदेखि २:३७ बजेसम्म अमृत दिनमा २:३७ बजेदेखि ४:०७ बजेसम्म काल साँझ ४:०७ बजेदेखि ५:३७ बजेसम्म शुभ बेला रहनेछ ।
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज पश्चिम दिशाको बाहेक कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

Post a Comment