Saturday, August 2, 2014

पशुपतिनाथ मन्दिरमा पौने दुइ करोडको श्रीखण्ड




काठमाडौं : 'मेरे लिये नेपाल यात्राका एक महत्त्व यह भी है कि मुझे सावन के सोमबार के अवसर पर भगवान पशुपतिनाथ के दर्शन करनेका सौभाग्य मिलेगा', नेपाल भ्रमणको पूर्वसन्ध्यामा शनिबार साँझ ६ बजेर ११ मिनेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेका छन्।

मोदीले सोमबार बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने कार्यक्रम छ। भारतीय प्रधानमन्त्रीमा पशुपतिनाथमा विशेष पूजा गर्ने मोदी पहिलो हुनेछन्।
मोदीले दुई हजार किलो श्रीखण्ड पशुपतिनाथमा चढाउा पठाइसकेका छन्। जसको मूल्य एक करोड ६९ लाखभन्दा बढी भारतीय रुपैयाँ पर्ने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टन्डनले बताए। टन्डनका अनुसार मोदीले तिलगंगा परिसरमा निर्माण गर्ने भनिएको नेपाल-भारत धर्मशालाको काम सुरु गर्न पनि निर्देशन दिन सक्नेछन्।

मोदीलाई पशुपतिनाथको दर्शन र पूजा कसरी गराउने भन्नेबारेमा शनिबार अम्यास गरिएको छ। सवारीसाधन कसरी व्यवस्थित गर्नेदेखि मोदीले वासुकीनाथ मन्दिरबाट दर्शन र पूजा थालेर गर्भगृहमा टुंग्याउनेसम्मका पूर्वअभ्यास गरिएको थियो। उनले गर्ने विशेष पूजाको प्रकारको भने टुंगो लाग्न सकेको छैन। एक हजार एक सयदेखि २५ लाख रुपैयाँसम्मका विशेष पूजा पशुपतिनाथ मन्दिरमा गर्ने चलन छ। गतसाता आएकी भारतीय विदेशमन्त्री सुषमा स्वराजले भने पाँच हजार एक सयको विशेष पूजा गरेकी थिइन्। मोदीले भारतबाटै करिब एक दर्जन ब्राह्मण लिएर पशुपतिनाथमा पूजा गर्ने भएका छन्।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light