Wednesday, June 4, 2014

मलेसियाले हचुवाको भरमा नेपालि कामदार फिर्ता पठाउदै

काठमाडौं : मलेसियाले नीतिगत आधारमा नभई हचुवाका भरमा नेपाली कामदारलाई फिर्ता पठाएको पाइएको छ। गतसाता १७
जना कामदारलाई भिसा लगाएको राहदानी रद्द गरिएकालेअवैध हुने भन्दै फिर्ता पठाइए पनि अहिले सोही प्रकृतिका राहदानी बोके का कामदारलाई उसले धमाधम प्रवेश दिएको छ।

नीतिगत व्यवस्था भएको भए उस्तै प्रकृतिका राहदानी प्रयोग गर्ने बाँकी कामदार जान नसक्ने श्रम तथा रोजगार मन्त्रालयका उच्चअधिकारीले बताए। मलेसियाले पाँच दिनअघि एकैसाथ १७
जना नेपाली कामदारलाई फिर्ता पठाएको थियो। त्यसपछि भने वैदेशिक रोजगार विभागको अनुमति लिएर यस्तै राहदानी बाहक दर्जनौं नेपाली कामदार मलेसिया गइसकेका छन्।

उनीहरूलाई फिर्ता पठाएको जानकारी नआएको तीअधिकारीले
बताए।'एउटै विषयमा फरक व्यवहार गरिएकाले नीतिगत
निर्णय नभएको पुष्टि हुन्छ', उनले भने। यसबाहेक मलेसियाले नेपालका जस्तै राहदानी बोक्ने अन्य मुलुकका कामदारलाई भने निर्वाध रूपमा प्रवेश गर्न दिइरहेको छ।

हस्तलिखित राहदानीमा भिसा लगाई एमआरपी बनाएका श्री लंका र बंगलादेशका कामदारलाई मलेसियाले रोकेको छैन।
एउटै विषयमा समेत फरक व्यवहार गरिएपछि यो समस्या समाधान गर्न नेपाल सरकारले कूटनीतिक पहलसमेत थालेको छ। मलेसियाले फिर्ता पठाइएका कामदारलाई तत्कालका लागि पर्यटक भिसामा पुन: जान दिने जानकारी दिएको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक जगन्नाथ देवकोटाले भिसा भएको राहदानी रद्द गरी भिसाको अवधि एमआरपीमा उल्लेख गरिएकाले नेपालका तर्फबाट कानुनी रूपमा कुनै पनि त्रुटि नदेखिएको बताए। 'विश्वभरकै नियम यही हो। वैदेशिक रोजगार विभाग र परराष्ट्र मन्त्रालयको केही पनि कमजोरी देखिँदैन', उनले भने,'मलेसियाले वैधानिक रूपमा गएका कामदार किन फर्कायो हामी पनि अचम्म परेका छौं।'

कामदार फिर्ता पठाउने क्रममा चलखेलभएको वैदेशिक रोजगार व्यवसायीको दाबी छ।नेपाली कामदारलाई मात्र फिर्ता पठाउनु ले आशंका उत्पन्न भएको एक व्यवसायीले बताए।मलेसियाले लामो समयदेखि स्वास्थ्य परीक्षणमा बायोमेट्रिक प्रणाली लागू गर्न दबाब दिइरहेको छ। नेपाल सरकारले भने बायोमेट्रिक
कार्यान्वयन नगर्ने निर्णय गरेको छ।

स्वास्थ्य परीक्षणमा वैज्ञानिक एवं अत्याधुनिक प्रविधि भनिए पनि यसले जाने कामदारको लागत ह्वात्तै बढाउने भएकाले सरकारले यो प्रणाली लागू नगरेको हो। नेपालले बायोमेट्रिक लागू नगरेपछि मलेसियाले अन्यायपूर्ण तरिकाले केही कामदारलाई फिर्ता पठाएको व्यवसायीको ठम्याइ छ।
स्रोतका अनुसार बायोमेट्रिक प्रणाली कार्यान्वयन नगरेकाले
मलेसियाका केही सरकारी अधिकारी र एजेन्ट नेपाल सरकारसँग रुष्ट बनेका छन्। वैदेशिक रोजगारमा जाने कामदार को स्वास्थ्य परीक्षण गराउने संस्थासमेत यो विषयमा दुई
खेमामा विभाजित भएका छन्। एउटा पक्षले बायोमेट्रिक लागू गर्न चर्को दबाब दिइरहेका छन् भने अर्काथरीले कुनै पनि हालत मा कार्यान्वयन गर्न नहुने बताइरहेका छन्।

मलेसिया नेपाली कामदारको आकर्षक रोजगार गन्तव्य हो। लामो समयदेखि बिदेसिने मुलुकमध्ये यसले पहिलो स्थान कायम गर्दै आएको छ। हाल मलेसियामा करिब पाँच लाख ५०
हजारजना नेपालीले काम गरिरहेको अनुमान छ।बहुराष्ट्रिय कम्पनी खुल्नेक्रम बढेकाले अर्धदक्ष र दक्ष नेपालीले सजिलै काम पाउने गरेका छन्।
तुलनात्मक रूपमा खाडी मुलुकमा भन्दा खुला समाज र मिल्दो जुल्दो हावापानी भएकाले नेपाली कामदारको रोजाइ मलेसिया परेको हो।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light