Sunday, June 1, 2014

५०औं जन्मदिन मनाउन अष्ट्रेलियामा राजेश हमाल


हनिमुन छाडेर ५० औं जन्मदिन मनाउन राजेश अष्ट्रेलियाम नेपाली सिनेमा उद्योगमा प्रवेश गरेको २५ औं बर्षगाँठ र आफ्नो   ५० औं जन्मदिन मनाउन राजेश हमाल अष्ट्रेलिया पुगेका छन् ।

केही दिनअघि मात्र बिबाह बन्धनमा बाँधिएका राजेश बिह पार्टी सकिएपछि अष्ट्रेलियातिर लागेका हुन् !नेपाली टचले आगामी जुन ८ तारिख सिड्नीमा आयोजना गरेको बिशेष कार्यक्रममा उनी सहभागी हुनेछन् । जहाँ उनलाई सम्मानसमेत गरिने छ ।

युगदेखि युगसम्म फिल्मबाट नेपाली सिने उद्योगमा प्रवेश गरेका हमालले अहिलेसम्म करिव २ सय ५० फिल्ममा अभिनय गरिसके का छन् । नेपाली सिने उद्योगले उनलाई महानायकका रुपमा सम्मान गरिसकेको छ ।

कार्यक्रममा सहभागी हुन हमालसँगै गायक राजेशपायल राई र गायिका अन्जु पन्त पनि अष्ट्रेलिया पुगेका छन् ।उनीहरु त्यहाँ १५ दिनसम्म रहने बताइएको छ ।

Post a Comment

Category 5

Category 6

Category 7

 
Copyright © 2014 Khabar High Light