अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुल हालसालै
गरेको एक अनुसन्धानबाट
पुरुषको सहिंली औंलाको लम्बाई हेरेर उसको यौन
क्षमता पत्ता लगाउन सकिने तर्क अघि सारेका छन् ।
अनुसन्धानले साहिँली औँला लामो हुने
पुरुषमा यौनचाहना बढि हुने र
महिलाप्रति बढि आकर्षित हुने तथ्य
पत्ता लगाएको हो ।
अनुसन्धानका अनुसार पुरुषमा साहिँली औलाको लम्बाइ
शुक्रकिटको संख्या, यौनमा आक्रामक व्यवहार , यौन
अनुकुल र यौनका बेला गरिने पाक क्रिडा सँग
सम्बन्धित रहेको पत्ता लागेको छ ।
अनुसन्धानकर्ताहरुका अनुसार जुन
पुरुषको साहिँली औँला चोर
औँलाको तुलनामा लामो हुन्छ त्यो पुरुष उतिधेरै
कामुक हुन्छ । अर्थात साहिँली औला लामो हुने
मान्छे बढि यौनातुर हुने
वा उसमा बढि यौनको चाहना उत्पन्न हुने हुन्छ ।
त्यस्तो लोग्ने मानिसमा शुक्रकिट र
हर्मोनको उत्पादन पनि बढि हुने भएकाले
यौनमा बढि आक्रामक हुने र
यौनक्रिडामा बढि लिप्त हुन चाहने खालको हुन्छ ।
गर्भको शिशुमा टेस्टेस्टेरोनको मात्रा बढि भएमा जन्मजात
रुपमै उसमा साहिँली औँला लामो हुने र पछि परिपक्व
हुँदै जाँदा त्यस्तो पुरुष बढि यौन क्षमताको हुने
अनुसन्धानकर्ताहरुको भनाइ छ ।
साहिँली औलामा सेक्स हर्मोनका रिसेप्टरहरु हुने
अनुसन्धानले देखाएको छ ।
यस विषयमा आफ्नो धारणा व्यक्त गर्नुहोस


Post a Comment